वीरगन्ज । वीरगन्ज कलेजको चारवटा बोर्ड चोरी भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर भारतीय महावाणिज्यदूतावास नजिकै रहेको कलेजले वीरगन्जको विभिन्न स्थानमा कलेजको प्रचार प्रसारका लागि टाँगिएको बोर्ड चोरी भएको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरको अगाडि, जिल्ला आदालत अगाडि, यातायात कार्यालय अगाडि राखिएको बोर्ड चोरी भएको पाईएको कलेजका सञ्चालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बताए ।
वडा प्रहरी कार्यालय श्रीपुरको सीसीटीभी क्यामेराको रेकर्ड अनुसार बुधबार राति ११ः३० बजे बोर्ड चोरी गरेको देखिएको छ । कुनै कलेजमा आवद्ध भएका व्यक्तिले नै रिसिबीई राखेर बोर्ड हटाउन लगाएको कलेजको दावी छ ।
बोर्ड चोरी भएको विषयमा शंकास्पद व्यक्तिलाई अनुसन्धान गर्न उजुरी दिइएको कलेजका अध्यक्ष डाक्टर चौधरीले बताए ।
चोरी गरिरहेको अवस्थामा सीसीटीभीमा देखिएको दृश्य