वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सामा संगठन विस्तार अभियानलाई तीब्र बनाएको छ । पार्टीका मधेस प्रदेश सदस्य हरि पन्तले जिल्ला संयोजकको जिम्मेवारी पाएपछि पार्टीको संगठन विस्तारलाई तीब्र बनाएका हुन् ।
उनले संयोजकको जिम्मेवारी पाएपछि पार्टीको दोश्रो स्थापना दिवस मनाए लगत्तै संगठन विस्तारलाई अघि बढाएका छन् । पन्तको सक्रियतामा पर्साको छिपहरमाई गाउँपालिकामा कमिटि गठनदेखि पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको छ ।
पार्टीको प्रथम छिपहरमाई गाउँपालिकाको भेला तथा सम्मेलनले उमेश यादवको सभापतित्वमा ११ सदस्ययीय गाउँपालिका कमिटि चयन गरेको हो । कमिटिको उप(सभापतिमा बृज किशोर यादव, सचिवमा मनबोध यादव, कोषाध्यक्षमा सनोज महतो चयन भएको रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए ।
पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय अध्यक्ष जितेन्द्र मिश्रको अध्यक्षतामा तथा शंकर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा जिल्ला संयोजक हरि पन्त, प्रदेश शिक्षा बिभाग प्रमुख सब्बु कंडेल, उप प्रमुख सोनालाल पटेलको उपस्थिति रहेको थियो ।
यसैबीच शनिबार नै भएको पार्टी प्रवेश कार्यक्रममा सन्चारकर्मी राम सरार्फ र होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका महासचिव माधव बस्नेत रास्वपामा प्रबेश गरेका छन् ।
नवप्रवेशी सञ्चार कर्मी राम सरार्फ रास्वपाको अभियान तथा प्रचार प्रसार बिभाग मधेस प्रदेश प्रमुखको जिम्मेवारी दिईउको छ। त्यसैगरि होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका महासचिब माधब बस्नेतलाई पार्टीले उचित स्थान दिने रास्वपा पर्सा सभापति हरि पन्तले बताए ।
मिर्जापुरमा आयोजित रास्वपाको प्रथम छिपरमाइ पालिका भेलामा दुबै जनालाइ पार्टीका केन्द्रिय सचीव शंकर श्रेष्ठले पार्टी प्रबेश गराएका हुन् ।