वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन विदा दिने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले एक सूचना जारी गर्दै गर्मी अत्यधिक बढेको र अझै केही दिन गर्मी बढ्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै जेठ ३१, ३२ र असार २ गते आईतबारसम्म बिदा दिने जनाएको छ ।
असार १ गते शनिबार सार्वजनिक विदा परेको र ३१, ३२ र २ गते गरी तीन दिन बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयको नियमानुसार विदा कट्टा हुने गरी बिदा दिईएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।