वीरगन्ज, २९ जेठ । वीरगंज समुदायिक आँखा अस्पताल, रुंगटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगर निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ । ग्रिनसिटी सामुदायक सेवा केन्द्र आदर्शननगर वीरगंजको कार्यालय परिसरमा भएको आँखा परीक्षणमा २७५ जनाको आँखा परीक्षण गरिएको छ ।
दुईसय जना बालबालिका र ज्येष्ठ नागरिक तथा ७५ जना महिलाको निःशुल्क आँखा परीक्षण गरिएको वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल कोअर्डिनेटार महेश सिंह धामीले जानकारी दिए ।
शिबिरमा आँखाको चेक जाँच, रगतको चेकजाँच, ब्लड प्रेसरको चेक जाच तथा अन्य रोगहरूको समेत परीक्षण चेक जाँच गरिएको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक भारती, नागरिक समाज, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।