वीरगन्ज । भोजपुरी कथानक चलचित्र ‘मेयर सिंह’ छिट्टै प्रदर्शनीमा आउने भएको छ । वीरगन्जको त्रिमूर्ति हलमा आज पत्रकार सम्मेलन गरेर चलचित्रको टेलर सार्वजनिक गरिएको छ ।
वीरगन्जको विकासको कथा समेटिएको भोजपुरी चलचित्र ‘मेयर सिंह’ को आज टेलर सार्वजनिक गरिएको हो । ‘मेयर सिंह’ का निर्माता शिव प्रसाद कुर्मीले चलचित्रको कथामा वीरगन्जको विकासको बारेमा देखाईएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आएपछि गरेका विकास काम समेटिएको चलचित्र ‘मेयर सिंह’ निर्माण गरिएको कुर्मीले बताए । भोजपुरी भाषामा रहेको चलचित्र मेयर सिंहमा वीरगन्ज महानगरपालिकाका मेयर सिंहको व्यक्तिगत जीवनीको बारेमा भने कुनै पनि कथा नरहेको कुर्मीले बताए ।
धेरैजसो वीरगन्ज वरिपरि नै छायांकन गरिएको चलचित्रको लागत ३५ लाख रुपैंया रहेको छ । चलचित्र मेयर सिंह छिट्टै प्रदशनीमा आउने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
कुर्मीकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नायक जितु जितेन्द्र, नायिका प्रिती आर्य, नेपाल पत्रकार महासघं पर्साका अध्यक्ष अनुप तिवारी, चलचित्र पत्रकार संघ पर्साका सचिव सूर्यनारायण बिक लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण सञ्चारकर्मी निलिमा पौडेलले गरेकी थिईन् ।