वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्ब।र १३ गण हेडक्वाटर पर्साले दुईदिनमा झण्डै १४ लाख बराबरको भन्सार छलिका सामान बरामद गरेको छ ।
नम्बर १३ गण हेडक्वाटर अन्तर्गतका विभिन्न युनिटहरुबाट खटिएका टोलीले १३ लाख ९३ हजार ५४० रुपैंया बराबरको भन्सार छलिका सामान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले वीरगन्ज महानगरपालिका वडा नम्बर–२ भकुवा ईलाकाबाट ६ लाख बराबरको कपडा बरामद गरेको थियो । त्यस्तै भन्सार मेनगेट वरपरको ईलाकाबाट ७ लाख ६९ हजार ८१२ रुपैंया गरी १३ लाख ९३ हजार ५४० रुपैंया बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको किराना सामान, कपडा, प्रतिबन्धित ब्रोईलर कुखुरा, ईलेक्ट्रोनिक्स र हार्डवेयरका सामान तथा कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै सामान ओसारपसारमा प्रयोग गरिएको बिआर ०५ एसी २१४५ नम्बरको मोटरसाईकल र ना २ ह २६३२ नम्बरको अटो समेत बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै बोर्डर आउट पोष्ट भिष्वा र महादेवपट्टिबाट खटिएको टोलिले पनि २३ हजार ७२८ मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले जनाएको छ ।