वीरगन्ज । थारु कल्याणकारिणी सभा पर्साले थारु धर्मशाला निर्माण गर्ने भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ मा रहेको थारु कल्याणकारिणी सभाको जग्गामा थारु धर्मशाला निर्माण गर्न लागिएको हो ।
धर्मशाला निर्माणको आज शिलान्यास गरिएको छ । धर्मशाला निर्माण स्थलको नेपाली कांग्रेस पर्साका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले शिलान्यास गर्नुभएको हो ।
धर्मशाला निर्माणका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष विजय कुमार कुर्मीको संरक्षकत्वमा मनोज चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । समितिको सचिवमा शेखर चौधरी कोषाध्यक्षमा सीतादेवी कुर्मी रहनुभएको छ ।
धर्मशाला निर्माणका लागि नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेश सांसद उर्मिलादेवी सिंहले १५ लाख, सुरेन्द्र प्रसाद चौधरीको पहलमा प्रदेश सरकारबाट २५ लाख बजेट सुनिश्चित भएको छ ।
त्यसैगरी सुरेन्द्र चौधरीले आफ्नो व्यक्तिगत तर्फबाट पनि १० लाख रुपैयाको चेक आजै हस्तान्तरण गरेको उपभोत्ता समितिका सचिव शेखर चौधरीले जानकारी दिनुभयो ।