वीरगन्ज । ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरी ‘राष्ट्रिय शिक्षा सम्मान् २०८१’ बाट सम्मानित भएका छन् ।
फोकस नेपाल नामक संस्थाले शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा डाक्टर दीपेन्द्रक कुमार चौधरीलाई प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहलले सम्मानपत्र सहित सम्मान गरेको हो ।
२०६५ सालमा स्नाकोत्तर अध्ययन गर्दैगर्दा केही बिद्यार्थीलाई ट्युसन पढाउएर आफ्नो शिक्षण पेशा शुरु गरेका चौधरीले समय क्रमानुसार कलेज पढाउने, कलेज खोल्ने, स्कूल खोल्ने, विभिन्न संघ संस्था स्थापना गर्ने महत्वपूर्ण योगदान पु-याउदै आएका छन् ।
कम शुल्कमा ‘सिक्दैं कमाउदै अवधारणा’ बमोजिम वीरगंज कलेजका बिद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा प्रदान गर्दै डाक्टर चौधरीले शिक्षा क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै फोकस नेपालले उनलाई सम्मान गरेको हो ।
बजेटिङमा विद्यावारिधी गरेका डाक्टर चौधरी राष्ट्रपतिबाट क श्रेणीको नेपाल विद्याभूषण पदकबाट विभूषित, नेपाल सरकारको कम्पनी रजिस्ट्रारको कार्यालयमा वित्त ब्यवस्थापन बिज्ञको रुपमा आवद्ध छन् ।
त्यसको साथै कमर्स एशोसिएसनका संस्थापक अध्यक्ष तथा विभिन्न शैक्षिक, सामाजिक र व्यावसायिक संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन् । उनी आवद्ध वीरगन्ज कलेज उपत्यका बाहिर प्लस टु मा पत्रकारिता र कानून विषय अध्ययन हुने पहिलो कलेज पनि हो ।