वीरगन्ज । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले ५६ औ वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदानको आयोजना गरेको छ ।
प्रदेश कार्यालय परिसरमा आयोजित रक्तदानमा सातजना महिला सहित ६६ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा उस्मिता कार्की, उस्मिता घिमिरे, कुशुम मानन्धर, अजय कर्ण, सुरेश पटेल, अजय श्रेष्ठ, निखिल शर्मा, शैलसराज रेग्मी लगायत रहेका छन् ।
सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीका मधेस हेड शशि विचित्रको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल वीमा प्राधिरकण मधेस प्रदेश कार्यालयकी प्रमुख निर्देशक कुशुम शर्मा,
सहायक निर्देशक रोशन महासेठ र निर्मल शर्मा लगायत विभिन्न विमा कम्पनीका प्रमुख, प्रतिनिधि तथा जीवन विमा कम्पनीका प्रतिनिधिहरुको पनि सहभागिता रहेको कार्यक्रम संयोजक शशि विचित्रले जानकारी दिए ।