वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाललाई मातृशोक परेको छ । उहाँकी आमा कमलामोहन राजपालको आज निजी निवासमै निधन भएको हो ।
कमलादेवीको ८७ बर्षको उमेरमा आज निधन भएको हो । झण्डै दुईमहिनादेखि मष्तिष्कघातबाट पीडित हुुनुभएका उनको शरीरको एकतर्फको भाग नै पक्षघातको पनि समस्या थियो ।
उनको भोली बिहान १० बजे वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित निजी निवासबाट शवयात्रा सहित अशोक वाटिका श्मसान घाटमा हिन्दु धार्मिक संस्कार अनुसार अन्त्यष्टि गरिने छोरा माधव राजपालले जानकारी दिए ।
उनका अनुसार कमला मोहनका सात भाई छोरा मध्य ६ भाई छोरा छन् । एकभाई छोरोको पहिले नै निधन भइसकेको छ । श्रीमान मोहन राजपालको पनि २०७५ साल साउनमा निधन भएको हो ।
कोईला र निर्माण सामग्रीको व्यावसाय गर्दै आएको कम्पनी कमला मोहन इन्टर नेशनल श्रीमान श्रीमती दुवैजनाको नामबाट सञ्चालित रहेको छ ।