वीरगन्ज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले मंगलबार( आज) पाचौ दिनपनि भन्सार विभाग घेराऊ गरेको छ । भन्सार कानूनमा रहेको लूटकारी प्रावधानको विरुद्ध आम सम्पर्क मञ्चद्वारा आज पाचौं दिनपनि भन्सार बिभाग घेराऊ गरिएको हो।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानूनमा रहेको कथित ४५% पुरस्कारको लूटकारी प्रावधान हटाउनुपर्ने लगायतका माग सहित आजपाले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
भदौ महिनादेखि शुरू भएको उक्त आन्दोलन अहिले जारी रहेको छ । आजपाले राखेका मागहरुमा राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरुपता ल्याउनु पर्ने, भन्सार कानूनबाट पुरस्कार सम्बन्धी सम्पूर्ण
प्रावधान हटाउने, भन्सार नियन्त्रणको नाममा निजी सम्पत्ति लुट्ने काम बन्द गर्ने तथा नाका नाकामा भन्सार कार्यालय स्थापना एवं स्तरवृद्धि गर्ने लगायत रहेका छन् ।
मागहरुको तुरुन्त सम्बोधन नभए जारी आन्दोलन अझ सशक्त हुने र त्यसको जिम्मेवार सरकार स्वयं हुने पनि चेतावनी दिएको छ ।