वीरगन्ज । बाराको पथलैयाबाट झण्डै साढे ४८ लाख भन्सार छलि गरेको शंकामा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा गएराति साढे नौ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकबाट ना ६ ख ८०३२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगंजबाट काठमाण्डौँतर्फ जादै गरेको ना ६ ख ८०३२ नम्बरको ट्रकलाई रोकेर चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको हार्डवेयर पार्टस् र अन्य खुद्रा समानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सामान सहित ट्रक नियन्त्रणमा लिएको ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको प्रहरीले जनाएको छ ।