वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा ४ नम्बर क्षेत्रले छिपरमाइ पालिका मिर्जापुरमा आँखा तथा दांत शिबिर सम्पन्न गरेको छ ।
रास्वपा क्षेत्र न ४ को आयोजना एबम वीरगंज सामुदायिक अँखा तथा दाँत अस्पतालको प्राबिधिक सहयोगमा शनिबार आँखा तथा दाँत शिविर सम्पन्न भएको हो ।
शिविरमा १६५ स्थानीयले अँखा तथा दाँतको चेक जाँच गराएका थिए । चेक गरिएका मध्ये २५ जना भन्दा बढीलाई मोतियाबिन्दु भएको पाइएको बिरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल कोअर्डिनेटर महेश सिंह धामी ले बताउनु भयो ।
उनले मोतियाबिन्दु भएका बिरामी हरुको अप्रेसन पनि नि:शुल्क गरिने बताए । यता रास्वपा पर्साले अब पर्साका ग्रामीण भेगहरुमा आम महिलाहरुमा बिद्यमान रहेको पाठेघर खस्ने तथा ग्रामीण महिलाका अन्य स्त्रीरोगको चेक जाँचको लागि पनि छिट्टै अर्को शिविरको आयोजना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका प्रदेश सदस्य एबम होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले बताए ।
उनले अब राष्ट्रिय स्वतन्त्र पार्टी आम जनतासंग प्रत्यक्ष जोडिएर काम गर्ने समेत बताए । रास्वपा ४ नम्बर क्षेत्रका क्षेत्रीय सभापति जितेन्द्र मिश्राको सभापतित्वमा सम्पन्न शिबिरमा वीरगंज सामुदायिक अँखा तथा दात अस्पतालका मेडिकल कोअर्डिनेटर महेश सिंह धामी,
डेन्टिस डा. अजय अस्थाना, होटल तथा पर्यटन ब्यबसायी संघ पर्सा अध्यक्ष एबम रास्वपा प्रदेश सदस्य हरि पन्त , केन्द्रीय सदस्य डा नन्दन यादव , जिल्ला संयोजक दिलिप कुर्मी ,
उप संयोजक तुलसा अधिकारी , प्रदेश सदस्य सब्बु कंडेल , सुदिस प्रजापती , संगठन बिभाग उप प्रमुख प्रमोद राय माझी , शिक्षा बिभागका सोनालाल पटेल लगायतको उपस्थिति रहेकाे थियो ।