वीरगन्ज । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले आज वीरगन्जको घण्टाघरमा रक्तदानको आयोजना गरेको छ ।
१३५ औं मजदुर दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुईजना महिला सहित ६१ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुमा नेकपा माओवादी केन्द्र बाराका इञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिल, अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेशका इञ्चार्ज अर्जुन चिमोरिया, केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज गजाधर पटेल, रुपनारायण सिंह लगायत रहेका छन् ।
त्यस्तै रविना कुमारी साह, पुष्पा फुयाँल, गुलसन साह, अशोक राउत कुर्मी, अमन कर्ण, मजित मियाँ, डाक्टर जम्सेद आलम, मुकेश सहनी, पवन कुमार वर्णवाल लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुश्वाह, अजय साह, नितेश यादव लगायतले प्राविधिक सहयोग गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।
अखिल नेपाल ट्रेड युनियन महासंघले हरेक बर्ष मजदुर दिवसको अवसरमा घण्टाघरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
त्यसैलाई निरन्तरता दिदै यसबर्ष १३५ औं मजदुर दिवसको अवसरमा पनि रक्तदान गरिएको टे«ड युनियन महासंघका केन्द्रीय सदस्य गजाधर पटेलले बताए ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेश अध्यक्ष केदार देव, केन्द्रीय सदस्य लाल बहादुर पटेल, पर्सा अध्यक्ष टुनटुन तिवारी लगायत मजदुर नेताहरुको उपस्थिति रहेको थियो ।