वीरगन्ज । वीरगन्जमा मिस नेपालको वीरगन्ज अडिसन राउण्ड आईतबार हुने भएको छ । नेपाली युवतीहरुको प्रतिभालाई प्रस्फुटित गर्ने मञ्चको रुपमा हरेकबर्ष आयोजना गर्दै आएको मिस नेपाल प्रगियोगिताको छनोट वीरगन्जमा आईतबार देखि हुने भएको हो ।
आज वीरगन्जको होटल भिस्वामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक द हिडन ट्रेजररले अडिसन आईतबारदेखि शुरु हुने जानकारी दिएको हो । हरेकबर्ष आयोजना गर्दै आएको मिस नेपाल २०२४ प्रतियोगिताका लागि आवेदन खुला गरिसकेको जानकारी दिदै मधेस प्रदेशको आठ जिल्लामा आईतबार वीरगन्ज हुने जनाएको हो ।
यसबर्ष आयोजना हुने मिस नेपाल २०२४ प्रतियोगिताका लागि आवश्यक शारिरिक बनोट न्यूनतम पाँच फिट ३ इन्च उचाई तथा १८ देखि २७ बर्षका अविवाहित नेपाली युवतीहरुले भाग लिने पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन चाहनेहरुले आवदेन दिँदा कुनै शुल्क नलाग्ने पनि जनाएको छ ।
मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरुको खोजीका लागि बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपागञ्ज, पोखरा, सुर्खेत र काठमाडौं लगायतका शहरहरुमा छनोट प्रतियोगिता हुनेछ । अन्तिम अडिसन मे १८ तारिक अर्थात जेठ ५ गते हुने आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले जानकारी दिए ।
वीरगन्ज अडिसनका लागि मधेस प्रदेशका आठवटै जिल्लाका विभिन्न सार्वजनिक स्थानहरुमा आवदेन खुला गरिएको सूचनाहरु जनकारीका लागि राखिएको रिजनल पार्टनर आयुष गुप्ताले बताए । आवदेन जेठ १ गतेसम्म खुला गरिएको पनि उनले बताए । अन्तिम अडिसन पश्चात छनोट भएकाहरुको ग्राण्ड फिनालेको तयारीका लागि प्रशिक्षणमा लगिने छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले जेठ ३ गते गोदावरी स्थित सनराईज कन्भेन्सन सेन्टरमा हुनेछ । पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष स्थापित सहित रिजनल पार्टनर गुप्ता र मिस नेपाल इन्टरनेशनल २०२३ की प्रसिद्धि शाह लगायतको उपस्थिति रहेको थियो ।