वीरगन्ज । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सारले ११ लाख मूल्य बराबरको भन्सार छलिका सामान र मोटरसाईकल बरामद गरेको छ ।
बैशाख १३ गते वीरगन्ज महानगरपालिका वडा नम्बर ६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीले किराना सामान, लत्ताकपडा, अटोपार्टस र उक्त सामानहरु ओसार पसार गर्न प्रयोग गरिएको एउटामोटरसाईकल र १ थान स्कुटर गरि जम्मा ६ लाख ८७ हजार ८ सय मूल्य कायम गरी बरामद सामानहरु तथा सवारी साधनहरु आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कायाृलयमा बुझाएको छ ।
यस्तै भन्सार मेनगेटबाटै ना ४१ प ११५९ नम्बरको मोटरसाईकलमा आउदै गरेका ५० बर्षीय नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
उनको साथबाट सशस्त्र प्रहरीले भारतीय रुपैंया १ लाख ४ हजार ८५० र नेपाली रुपैया १६ हजार ७५५ गरी १ लाख ६६ हजार ६०५ रुपैया रकम बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिले प्रयोग गरेको १ लाख ५० हजार बराबरको मोटसाईकल समेत नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीको भनाई छ।