वीरगन्ज । नागरिक उड्डयान प्राधिकरणले निजी हवाई जहाज कम्पनीका पाईलटलाई निलम्बन गरेको छ । निजी हवाई कम्पनी प्रभु हेलिकप्टर लिमिटेडका एक क्याप्टेनलाई निलम्बन गरेको जनाएको छ ।
हेलिकप्टरका क्याप्टेनले उडानका क्रममा ककपिटमा हवाई उडान नियमको अस्वीकार्य र अनाधिकृत गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको जनाएको छ । घटनाको विस्तृत अनुसन्धान गरिने पनि प्राधिकरणले जनाएको छ ।