वीरगन्ज । सशस्त्र प्रहरी पर्साले बरामद गरेको १५ भन्दा बढीको विभिन्न सामानहरु वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले भन्सार मुख्य गेट वरिपरीबाट चेकजाँचका क्रममा बरामद गरेको १५ लाख ३४ हजार ४६६ रुपैंया बराबरको सामान बरामद गरेर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको हो ।
प्रस्ताबित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको कपडा, ईलेक्ट्रोनिक्स, कस्मेटिक, खाद्यन्न, जुत्ता, चप्पल, खेलौना, मोटर पार्टसहरु र एम्बिसनर कस्तुरी मदिरा लगायतका सामानहरु बरामद गरेको छ ।
साथै सामानहरु ओसार पसारमा प्रयोग गरिएको एकथान मोटरसाईकल र एकथान स्कुटर गरि बरामद गरी १५ लाख ३४ हजार ४६६ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।