वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय विधान समिति सदस्य शंकर श्रेष्ठलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति सदस्य एवं नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष शंकर श्रेष्ठका बुवा टेकबहादुर श्रेष्ठको ८३ बर्षको उमेरमा बिहीबार निधन भएको हो ।
उनको केही दिनदेखि चिन्ताजनक अवस्थामा लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार चलिरहेको थियो । पाल्पामा बासोबास गर्दै आएका टेक बहादुर श्रेष्ठको उपचारकै क्रममा निधन भएको परिवारजनले बताएका छन् ।
बुवाको निधनपछि त्यहीँ दाहसँस्कार गरेर सर्लाही फर्किएको र पुरानो बसोवास रहेको सदरमुकाम मलंगवामा बुवाको १३ दिने सँस्कार गरिने श्रेष्ठले बताए । शंकर श्रेष्ठ भने अहिले लालबन्दी ६ मा बस्दै आएका छन् ।