वीरगन्ज । नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल बारा पर्साले संयुक्त रुपमा २६ औं स्थापना दिवस तथा मगर आदिवासी जनजाति जागरण अभियानको उदघाटन गरिएको छ ।
मोर्चाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इञ्चार्ज कहरसिंह आले मगरको अध्यक्षता तथा मगर राष्ट्रिय मोर्चाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरको प्रमुख आतिथ्यतामा उदघाटन भएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलन चोकमा भएको स्थापना दिवस तथा मगर आदिवासी जनजाति जागरण अभियानको उदघाटन गरिएको छ ।
कार्यक्रममा मोर्चाका बारा जिल्ला अध्यक्ष लिला रानाले स्वागत गरेको कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य बाबुराम थापा, बाबु आले मगर, रमेश थापा मगर, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इञ्चार्ज निरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जागरण अभियानलाई बारा पर्साका हरेक मगर समुदायसम्म पु-याउने र मगर पहिचानको पक्षमा सशक्त जागरण ल्याउने केन्द्रीय बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले बताए । उनले जिल्ला जिल्लामा मगर लगायत आदिवासी जनजाति मोर्चाहरुलाई एकतृत बनाएर पहिचान र अधिकारको आन्दोलनमा गोलबन्द गर्ने बताए ।