वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरेको छ । अबैध रुपमा भारतबाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेट स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको गाडी मोबाईल टोलीले ४ लाख ८८ हजार ४६८ मूल्य बराबरको किराना सामान, लत्ता कपडा, काजु, हार्डवयर, खेलौना र कस्मेटिक सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी टोलीलाई देखेपछि सामान छोडेर भागेकोले उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए ।
त्यस्तै अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको चिनी पनि सशसत्र प्रहरीले बरामद गरेको छ । ना ५ प ८३५ नम्बरको हिरो होण्डा मोटरसाईकलमा राखी ल्याउदै गरेको ३ हजार मूल्य बराबरको ५० केजी चिनि र ६० हजार मूल्यको मोटरसाईकल बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
त्यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १७ ड्राईपोर्ट चौकमा खटिएका टोलिले पनि भारतबाट अवैध रुपमा भन्सार छली टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको ९९ हजार मूल्य बराबरको हार्डवेयरको समान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको उनले बताए ।