• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 23, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

आर्थिक नगरी वीरगन्ज मै घरजग्गा कारोबारमा मन्दी

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० चैत्र २२, बिहीबार ०६:४४ गते
आर्थिक नगरी वीरगन्ज मै घरजग्गा कारोबारमा मन्दी
2
SHARES
17
VIEWS

वीरगन्ज । आर्थिक मन्दीले आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा घर जग्गा कारोबारमा पनि कमी आएको छ । कोभिड महामारीले विश्वव्यापी रुपमा खस्किएको अर्थतन्त्रको नकारात्मक प्रभावले घरजग्गा कारोबारमा पनि असर गरेको छ ।

आर्थिक मन्दीले व्यापार व्यावसाय ठप्प भएर बजार चलायमान हुन नसक्दा त्यसको असर घरजग्गा कारोबारमा पनि परेको हो । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रकमबाट घरजग्गा किन्नेहरुको पनि बजारको महंगाईले दैनिक उपभोग्य वस्तुहरुमा नै बढी खर्च गर्नुपर्ने अवस्थाले बचत गर्न नसक्दा घरजग्गा खरिद बिक्रीमा आएको कमीले घरजग्गा कारोबारमा मन्दी छाएको हो ।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंकको कडाई र सरकारले ल्याएको घरजग्गा कारोबारमा नियमले पनि खरिद बिक्री कम भएको घरजग्गा कारोबारीहरु बताउछन् । सरकारले घरजग्गा रजिष्ट्रेशन गर्दा जग्गाको मूल्यांकन बराबर कै थैली रकमको बैंक भौचर दाखिला गर्नुपर्ने बाध्यकारी प्रावधानले घरजग्गा कारोबारमा कमी आएको जग्गा कारोबारी नितेन्द्र साहले बताए ।

मध्यम वर्गहरुसँग पैसा कम भएको र पैसा हुनेहरुले पनि सरकारको कडा नीतिले गर्दा घरजग्गा कारोबार बन्द गरेको उनको भनाई छ । जुनसुकै कारोबार पनि बैंक मार्फत नै गर्नुपर्ने र बैंक मार्फत कारोबार गर्दा आयस्रोत देखाउनुपर्ने व्यावस्थाले पनि घरजग्गा खरिद गर्नेहरु हिच्किचाउने गर्दा जग्गा कारोबार नै नहुने गरेको जग्गा कारोबारीहरुको भनाई छ ।

राष्ट्र बैंकको कडाईले बैंकहरुले पनि घरजग्गामा लगानी कम गरेको र अहिले बैंकमा लगानी योग्य रकम थुप्रिएर तरलताको अवस्थामा पनि बैंकको चर्को ब्याजदरकै कारण घरजग्गामा कारोबार हुन सकिरहेको छैन । सरकारकै नीतिले घरजग्गा कारोबारदेखि रियलस्टेट व्यावसायमा समेत नकारात्मक असर परेको रियल स्टेट व्यावसायीहरु बताउछन् ।

वीरगन्जमा भर्खरै मात्रै शुरु गरेको रियल स्टेट व्यावसायीहरुको अपार्टमेण्टहरु पनि अहिले बिक्री ठप्पा भएको छ । रियल स्टेट व्यासायी प्रभात रुंगटा भन्छन्, ‘वीरगन्जमा राम्रै गरौं भनेर शुरु गरियो । रियल स्टेटको अवधारणको बारेमा सरकारले कुरा बुझेन । हामीले बैंकमा धितो राखेर ऋण लिएर नै बनाएका हौं । अहिले आर्थिक मन्दीले गर्दा बिक्री ठप्प भएको छ । अपार्टमेण्ट बुक गरेकाहरुले पनि कसैले लिने चासो देखाएका छैनन् । लिने विषयमा कुरा गर्दा कतिपयले सम्झौता रद्द गर्न खोज्छन् ।’

घरजग्गा कारोबारमा व्यापक कमी आएको बैंकका कर्मचारीहरु पनि बताउछन् । नाम नछाप्ने शर्तमा उनी भन्छन्, ‘घरजग्गा बिक्री गर्ने धेरै छन् । किन्ने मान्छे थोरै छन् । ठूला व्यापारीहरुलाई भएको आफ्नै व्यापार जोगाउने चुनौती र चिन्ता छ । खर्च बढेको छ । आम्दानी घटेको छ । यसले पनि कारोबारमा कमी आएको हो ।’ उनका अनुसार मध्यम वर्गका परिवारहरु घरजग्गाको कारोबार हेरेपछि लगानी गर्नुभन्दा भईपरी आउने आकस्मिक काममा काम लाग्ने भन्दै नगद नै राख्ने गरेका छन् ।

Advertisment Advertisment Advertisment
Previous Post

लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ एसको महाधिवेशन वीरगन्जमा हुने

Next Post

नेपाली समाजवादमा हुनुपर्ने कार्यनीति र राजनीति

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In