वीरगन्ज । वीरगन्ज कलेजले ‘ग्लोबल मनि विक’ को अवसरमा ‘लर्न, अर्न एण्ड सेभ’ को विषयमा प्रशिक्षण सम्पन्न गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि सिक्ने, कमाउने र बचत गर्ने बारेमा जनचेतना फैलाउने उद्देश्यले कलेजले आयोजना गरेको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो ।
कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ चाटर्ड एकाउण्टेण्ट अरबिन्द खेतानले उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले कमाउन नसकेको अवस्थामा बचत गर्नु चुनौती रहेको भएपनि बचत गर्ने तरिका घरबाटै सिक्नुपर्ने बताए ।
उनले बालबालिकाको पहिलो पाठशाला घर परिवार भए जस्तै बचत गर्न सिक्ने पहिलो शिक्षा पनि परिवारमा आमाबाट सिक्नुपर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले कलेजले सिक्ने, कमाउने र बचत गर्ने सम्बन्धमा कलेजर व्यवहारिक रुपमा विद्यार्थीहरुलाई शिक्षा दिने प्रयास गरेको भन्दै यसलाई विद्यार्थीहरुलो पनि लागू गर्नुपर्नेमा जोड दिए ।
कलेजले पाठ्यक्रम बाहेक पनि विद्यार्थीहरुकै भविष्यका लागि विभिन्न प्रयोगात्मक अभ्यासहरु गराउदै आएको बताउदै यस्ता अभ्यासहरुले विद्यार्थीहरुको लागि उपयोगी सिद्ध हुने बताए । ट्रिब्यून न्युज एनपी अनलाईनका सम्पादक नीरज पिठाकोटेले अहिलेका युवा पुस्ता पैसा कमाउने भनेर पैसाकै पछि लाग्नु भन्दापनि आफूलाई शैक्षिक योग्यतामा पूर्ण हुने र त्यसपछि कमाएर बचत गर्ने बानीको पनि विकास गर्नुपर्ने बताए ।
कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले बुबाआमाले कमाएको सम्पत्तीमा रमाउने भन्दा आफैले कमाएको सम्पत्तिमा सन्तुष्टि हुनुपर्ने बताउदै अचल सम्पत्ति जोड्नुभन्दा सम्भावना भएका व्यावसायहरुतर्फ लाग्न विद्यार्थीहरुलाई सुझाव दिए ।
कार्यक्रममा नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेल, एनएमबी बैंकका शाखा प्रमुख शौरभ सर्राफ, रसानिमा बैंकका शाखा प्रमुख राजकुमार सोडी, ाष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख सञ्जय महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत कलेजका प्रशासन प्रमुख सुरेश चौधरी र संचालन कृष्ण पासवानले गरेको कलेजका प्रमुख विनोद गुप्ताले जानकारी दिए ।