• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 23, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगन्ज उद्योग वाणिज्य संघको ४८ औं बार्षिक साधारणसभा सम्पन्न 

सम्भावित आयोजना निर्माणको लागि १० अर्बको पब्लिक लिमिटेड निर्माण गर्दैछौं : अध्यक्ष ढकाल 

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० फाल्गुन २९, मंगलवार ०७:३७ गते
वीरगन्ज उद्योग वाणिज्य संघको ४८ औं बार्षिक साधारणसभा सम्पन्न 
1
SHARES
14
VIEWS

वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशमा लगानी योग्य पूँजी (तरलता) व्यावस्थापनका लागि १० अर्बको पब्लिक कम्पनी निर्माण गर्ने तयारीमा निजीक्षेत्र रहेको बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको ४८ औं साधारणसभाको उदघाटनमा बोल्दै अध्यक्ष ढकालले अहिले मुलुकको आर्थिक विकासका लागि सम्भावित विकास आयोजनाहरु निर्माणमा लगानीको लागि देशका साना साना बचतबाट १० अर्बको पूँजी निर्माणका लागि पब्लिक लिमिटेड खडा गर्ने योजनामा महासंघ रहेको बताए ।

ADVERTISEMENT

निजीक्षेत्रको सुझाव नमान्दा देशको अर्थतन्त्र धरासायी भएको भन्दै अहिले आएर भने सरकारले महशुस गरेको जिकिर गरे । महासंघको सुझाव अनुसार नै अहिले बैंकको ब्याजदरहरु घट्दो क्रममा रहेको दावी गर्दै अध्यक्ष ढकालले निजीक्षेत्रले दिएको सुझाव निजीक्षेत्रको लागि मात्रै भएको जस्तो ठानेर सरकार कार्यान्वनमा अल्मलिँदा अर्थतन्त्रमा समस्या आएको बताए ।

अहिले विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स र मूल्यवृद्धिको अवस्था हेर्दा अर्थतन्त्रमा सुधारको संकेतहरु देखा परेपनि अझै निजीक्षेत्रले चाहेजस्तो अर्थतन्त्र चलायमान हुन नसकेको अध्यक्ष ढकालको भनाई छ । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा नीतिगत सुधारहरु गर्नुपर्ने धेरै रहेकोले अहिले राजनीतिक समिकरणको फेरबदलले अर्थतन्त्रमा केही सुधारको अपेक्षा रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सरकार परिवर्तन भएपछि देशको अर्थव्यावस्थामा केही आशाका किरणहरु देखिएको बताईन् । उनले भनिन्, ‘सरकारको थुन्ने र सुन्ने नीतिबाट अहिले सुन्ने अनि मात्रै थुन्ने’ भन्ने नवनियुक्त अर्थमन्त्रीको आश्वासनले पनि निजीक्षेत्रमा केही आशा पलाएको बताईन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुवोध गुप्ताले सरकारको नीतिकै कारणले नीजिक्षेत्रमा चरम निराशा छाएको र अहिले देशको अवस्थाकै कारणले आत्महत्या समेत गरेको अवस्थाले निजीक्षेत्र निकै संकटमा रहेको बताए । राजनीतिककर्मी, कर्मचारीतन्त्र, सुरक्षा निकाय र सञ्चारक्षेत्र सबै मिलेर मात्रै देशको यो अर्थतन्त्रलाई समाधान गर्न सकिने बताए ।

देशको आर्थिक एजेण्डाहरुलाई सामुहिक प्रयासबाट मात्रै सम्बोधन गरी समाधान गर्न सकिने भएकोले सरकारले पजि यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल उ द्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले निजीक्षेत्रमा अहिले व्यापार व्यावसाय गर्ने मनोबल नै नरहेको बताउदै नीति नियमहरु परिमार्जन गरीनुपर्ने बताए ।

उनले अहिले लगानी योग्य पुजी बैंकहरुमा थुप्रिएको भन्दै अब बैंकहरुबाट ऋण लिने भन्दा निजीक्षेत्र आफैले पूँजी निर्माण गरी लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । लगानीका लागि बैंकहरुमाथि निर्भर हुँदा तरलताको अवस्था भएपनि लगानी गर्न नसकिएको बताउदै उद्योगी व्यावसायी आफैले तरलता सृजना गर्नुपर्नेमा जोड दिए ।

उधारो कानूनको अभावमा अहिले बजारमा पैसा रोकिएको तर्क गर्दै उधारो कानूनको व्यावस्था गरेमा बजारको पैसा निजीक्षेत्रम रहने र यसले लगानी बढाउन सकिने बताए ।

Advertisment Advertisment Advertisment

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले सीमाक्षेत्रमा तस्करीमा वृद्धि हुँदा वैध व्यापारमा असर परेको बताउदै नीतिगत सुधार नभएसम्म तस्करी नियन्त्रणमा नआउने बताए । उनले बैंक, सरकारको राजस्व, प्रशासन लगायतका विभिन्न निकायहरुबाट निजीक्षेत्र चौतर्फी घेराबन्दीमा रहेको बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले देशमा चालू पूँजी असाध्य बढेको र सरकार पनि वितरणमुखी अर्थतन्त्रमा रमाईरहँदा आर्थिक संकट ब्यहोर्नु परेको बताए । उनले अहिलेको सरकारले नयाँ सहिदहरुको सूची निकालेर राज्यको ढुकुटी फेरी बाँड्ने प्रपञ्च गरिरहेको भन्दै यसले देशको आर्थिक विकासलाई बाधा पु-याएको बताए ।

निर्यातकर्ता सहित विभिन्न व्यक्तिहरु सम्मानित

वीरगन्ज उद्योग वाणिज्य संघले ४८ औं साधारणसभामा विभिन्न व्यापारिक प्रतिष्ठान सहित व्यक्तिहरुलाई पनि सम्मान गरेको छ । संघले चालू आर्थिक बर्षमा भारतर्फ सबैभन्दा बढी निर्यात गर्ने निर्यातकर्ता डाबर नेपाल प्रालि, जगदम्बा स्टील लिमिटेड र हुलास स्टील इण्डष्ट्रिज लिमिटेडलाई सम्मान गरेको छ ।

त्यस्तै तेश्रो मुलुकमा सबैभन्दा बढी निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिल्स प्रालि, नारायणी लेदर म्यानुफ्याक्चरिङ इण्डष्ट्रिज र जगदम्बा स्टील इण्डष्ट्रिजलाई सम्मान गरेको छ ।

त्यसैगरी सञ्चारक्षेत्र तर्फ नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खड्का र सगरमाथा टेलिभिजनका प्रणय कुमार, शिक्षातर्फ मिराकल स्कुलकी अमृता साह, क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेख, संघका कर्मचारी विजय चौरसिया लगायतलाई सम्मान गरेको छ ।

कार्यक्रमको सञ्चालन संघका महासचिव आशिष लाठले गरेका थिए । धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष हरि गौतमले गरेका थिए ।

Previous Post

आदिवासी जनजाति युवा महासंघ नेपाल सर्लाहीको नयाँ समिति गठन

Next Post

चोरी भएको मोटरसाईकल पाँच महिनापछि फेला प-यो, आफ्नो सवारी साधन लिन आउन प्रहरी निरीक्षक खतिवडाको आग्रह

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In