वीरगञ्ज । वीरगञ्ज कलेजले आयोजना गरेको २ दिने खाना तथा सांस्कृतिक मेलाले सबैको ध्यान तानेको थियो । ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिएर उद्यमशिलताको विकास गर्ने, सिक्दै कमाउदैको अवधारणको विकास र विद्यार्थीहरुलाई हौसला र उर्जा प्रदान गर्नका लागि सांस्कृतिक मेला तथा खानाको आयोजना गरेको हो ।
शनिबार (आज) समापन समारोहमा बोल्ने सबैले कलेजले गरेको कामको उच्च प्रशंसा गरे । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले उदघाटन गरेपछि कलेजले गरेको काम सह्रानीय कदम भएको बताएका थिए । बोल्ने वक्ताहरुले समेत वीरगन्जमा पठाउने कलेजहरुले व्यावहारिक ज्ञान र सीपको सिकाउनलाई प्रेरित पनि गरेको बताए ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले बताए । मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले उद्यमशीलतातर्फ विद्यार्थीको रुची अभिप्रेरित गर्ने व्यापार व्यवसायका बारेमा जानकारी प्राप्तीका लागि मेला सहयोगी हुने विश्वास व्यक्त गरे ।
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, क्याम्पस प्रमुख बिनोद गुप्ता, त्रिजुद्ध स्कुलका प्रधानाध्यापक नविन मिश्रा, शारदा बहुअरी माविका प्रधानाध्यापक बिनोद मेहता, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर लगायतले मेलाले विद्यार्थीहरुको व्यवसायिक ज्ञान बढाएको बताए ।
मेला आयोजनाका लागि भौतिक, आर्थिक र नैतिक सहयोग गरेकाहरुलाई समापन समारोहमा प्रमाण पत्र प्रदान गरिएको थियो । मेलामा विद्यार्थीहरुले ३२ वटा विभिन्न खाना तथा खाजाका परिकारसहितको स्टल राखेका थिए । मेलामा करिब २० हजार दर्शकले अवलोकन गरेका कलेजका अध्यक्ष डा.चौधरीले बताए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो भने कलेजका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कलेजका विद्यार्थीहरुका लागि रात्रि बजारको अवधारणा अनुरुप ुसिक्दै कमाउदै कार्यक्रमु अन्तर्गत घण्टाघर भन्दा उत्तरपट्टिको फुटपाथको ठाउँमा दुई दिने मेलाको समापन समारोहमा कलेजका प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले स्वागत मन्तव्य राखेका थिए ।
मेलामा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती पनि प्रस्तुत गरेका थिए । समापन समारोहको सहजीकरण सञ्चारकर्मी उज्जल शर्माले गरेका थिए ।