वीरगन्ज । वीरगन्ज कलेजले आयोजना गरेको दोश्रो संस्करणको ‘सिक्दै कमाउदै’ कार्यक्रम अन्तर्गतको दोश्रो संस्करणको ‘खाना तथा सांस्कृतिक मेला’ आजदेखि शुरु भएको छ ।
वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फको फुटपाथमा आयोजना गरिएको मेलाको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गरेका थिए । उदघाटनपछि मन्तव्य राख्दै पञ्जिअ भुसालले सरकारी शैक्षिक संस्थाहरुले ल्याउनुपर्ने कार्यक्रम निजी कलेज ल्याउनु सराहनीय रहेको बताए ।
विद्यार्थीहरुलाई अध्ययन मात्रै नभई उद्यमशील बन्न, यसको बजार ब्यवस्थापन, आर्थिक स्रोत कसरी संकलन गर्ने, मुनाफा र विद्यार्थीहरुले जान्न जरुरी रहेको र मेलाबाट विद्यार्थीहरुले सिक्ने अवसर पनि पाउने बताए ।
मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल राखिएको छ । १५ देखि २० हजार दर्शकले मेलाको अनुगमन गर्ने कलेजको अनुमान छ ।
कार्यक्रममा पदेशसभा सदस्य विना शर्मा, भारतीय महावाणिज्य दूतबासका महावाणिज्य दूत देवी सहय मीना, नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोध गुप्ता, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधवराज पाल, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, पर्साका वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी,
वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, वडा नम्बर ५ का वडाअध्यक्ष प्रदिप चौरसिया, लगायतले आ–आफ्नो धारणा राखेका थिए । क्याम्पस प्रमुख विनोद गुप्ताले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । क्याम्पस प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल शर्माले गरेका थिए ।