वीरगन्ज । पर्साको धोविनी गाउँपालिका वडा नम्बर वडा नम्बर २ का नाजिर अहमद दिनभरी कुखुरा फाराममै व्यस्त देखिन्छन् । ८÷१० बर्ष अगाडि कुनै औषधि उद्योगमा काम गरेका नाजिर अहिले आफैँ मालिक बनेका छन् । उनलाई मालिक भने कुनै ठूला सफल र अनुभवी व्यवसायीको सहयोग तथा प्रेरणाले बनेका होईनन् ।
उनी उनकै कक्षा सातमा पढन् छोराले गरेको आग्रह अनुसार अहिले कुखुरा फार्मका मालिक बनेका छन् । नाजिर आफ्ना चारजना छोराछोरी र श्रीमती सहित वीरगन्जमा बस्दै आएका थिए । उनी एक औषधि उद्योगमा काम गरेर परिवार चलाउदै आएका थिए । छोराछोरी पनि त्यही जागिरको भरमा पढाउदै आएका थिए ।
एकदिन कान्छो छोराले दिएको सल्लाहले अहिले उनी सफल कुखुरापालन व्यावसायी बनेका छन् । नाजिरका अनुसार उनका कान्छो छोरा कक्षा सातमा अध्ययन गरीरहेका थिए । उनले विद्यालयमा किताब पढ्ने बेलामा कुखुरा पालन व्यावसायको बारेमा थाहा पाए ।
त्यसपछि उनले आएर घरमा बाबु नाजिरलाई कुखुरापालन व्यावसायलमा लाग्न आग्रह गरे । छोराको आग्रह अनुसार उनले श्रीमती नगमाको नाममा पोल्ट्री फार्मको नामको घरेलु तथा साना उद्योगमा नगमा पोल्ट्री फार्म दर्ता गराए । त्यहिबाट उनले नोकरी छोडेर व्यावसायमा लागे ।
औषधि उद्योगमा काम गर्दागर्दै चारैजना छोराछोरीलाई पढाए । पढ्ने क्रममै कान्छो छोराले गरेको आग्रहमा नाजिर दम्पतीले कुखुरा पालन व्यावसाय शुरु गरेको नाजिरले बताए । २०७४ सालमा घरेलु तथा साना उद्योग कार्यालयमा श्रीमती नगमाको नाममा नगमा कुखुरा फार्म दर्ता गराएपछि गाउँघरकै छिमेकीसँग सरसापटी र अलिअलि आफ्नो समेत बचतबाट पाँच लाखको पूँजी बनाएर कुखुरा पालन व्यावसाय शुरु गरे ।
पाँचलाख पूँजी लगानीबाट व्यावसाय शुरु गरेका नाजिर अहिले ५० लाखको कुखुरा पालन व्यावसाय गरिरहेका छन् । कुखुरा पालन व्यावसायबाटै अहिले उनले चारैजना छोराछोरीलाई पढाउने, घरखर्च चलाउने देखि अन्य व्यावसायमा समेत लगानी बढाएका छन् । नाजिरका चारैजना छोराछोरी अहिले एसइइ गरेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।
उनलाई कुखुरापालन व्यावसाय गर्न आग्रह गर्ने कान्छो छोरा अहिले काठमाडौंमै व्यावस्थापन विषयले लिएर पढीरहेका छन् । एउटा छोरा भारतको आन्ध्रप्रदेशमा फार्मेसी पढीरहेका छन् । भने एउटी छोरी पनि भारतमै डिप्लोमा इञ्जिनियरिङ गरिरहेकी छिन् । अर्को छोरी भने वीरगन्जकै मोडल कलेजमा ल्याब टेक्निसियन पढीरहेकी छिन् ।
नाजिरका चारवटा छोराछोरी मध्य तीनजनाले प्राविधिक विषय लिएर पढेका छन् भने । एउटा छोरा व्यावस्थापन लिएर पढीरहेका छन् । नाजिरलाई व्यावसायमा लाग्न आग्रह गर्ने छोरा अहिले व्यावस्थापन पढीरहेका छन् । छोराछोरी सबैले आफ्नो खुशी र रुची अनुसार विषय लिएर पढेको नाजिर बताउछन् ।
नाजिरको फार्ममा अहिले आफू दुईजना श्रीमान श्रीमती बाहेक अन्य तीनजनाले पनि रोजगारी पाएका छन् । उनको ५÷६ बर्षको अनुभवले कुखुरा पालनमा कुनै प्राविधिक सल्लाहरु प्नि लिनु परेको छैन । कुखुरालाई आवश्यक औषधि र दाना तथा आहारहरु आपैmले मात्रा मिलाएर दिने गरेका छन् । कहिलेकाही आवश्यकता परेमा मात्रै उनले प्राविधिकहरुको सहयोग लिने गरेका छन् ।
पोल्ट्री व्यावसायमा सफल हुदै गएका नाजिरले अहिले अर्को व्यावसाय कुखुरालाई खुवाउने दानाको समेत डिलर लिएर बिक्री वितरण गरिरहेका छन् । अरुको काम गर्नुभन्दा आफ्नै काम गर्दा सन्तुष्टि मिल्ने नाजिरको भनाई छ । कान्छो छोराको आग्रहले आफूलाई सफल व्यावसायी बन्न सहयोग पुगेको नाजिर बताउछन् ।
उनी भन्छन्, ‘अभिभावकहरु धेरैले छोराछोरी अथवा आफू भन्दा सानाले भनेको कुराहरुलाई वास्ता गर्दैनन् । तर, कुनै कुनै उनीहरुको कुराले चमात्कारिक परिवर्तन पनि ल्याउन सक्दो रहेछ ।’