वीरगन्ज । ट्रिब्यून नेपाल प्रालिद्वारा सञ्चालित tribunenewsnp.com का सम्पादक नीरज पिठाकोटे सम्मानित भएका छन् । नेपाल उद्योग वाणिाज्य महासंघ मधेस प्रदेशको पाचौं प्रदेशसभामा सम्पादक नीरज पिठाकोटे सहित चारजना पत्रकार सम्मानित भएका हुन् ।
मधेस प्रदेशको आर्थिक विकास र उद्योग वाणिज्य महासंघको हरेक गतिविधिमा समेत सहकार्य गरी पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै ट्रिब्यून न्युजका सम्पादक पिठाकोटे, अभियानकर्मी ओमप्रकाश खनाल, कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुर, मधेसदृष्टि दैनिकका अध्यक्ष ध्रुव साहलाई सम्मान गरिएको हो ।
उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले दोसल्ला र कदर पत्र सहित सम्मान गरेका हुन् । महासंघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको प्रदेशसभाको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष वैद्यले महासंघले संगठनलाई थप बलियो बनाउन विधान संसोधन गरिएको जानकारी दिनुभयो । ढकाल सहित अर्का उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य सुवोध गुप्ता, गणेश लाठ, अरूण प्रधान, हरि गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिकांश वक्ताहरुले निजीक्षेत्रलाई चौतर्फी घेराबन्दीमा पारेको आरोप लगाएका छन् । अहिले आर्थिक मन्दीको मारमा व्यावसायीहरु परेपनि सरकारले राजस्व उठाउने नाममा, बैंकहरुले किस्ता र ब्याज उठाउने नाममा व्यावसायीहरुलाई दबाव दिने गरेकोले आत्मबल कमजोर भएको बताएका थिए ।