• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

अभिभावक विहिन बालिकाहरुको लागि सहयोग जुट्दै

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० फाल्गुन १३, आईतवार ०७:५३ गते
अभिभावक विहिन बालिकाहरुको लागि सहयोग जुट्दै
1
SHARES
13
VIEWS

वीरगन्ज । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर–४ लँगडीका अभिभावक विहिन दिदीबहिनीको उद्दारका लागि सामाजिक सञ्जाल मार्फत सहयोग संकलन भएको छ । १० बर्षीया प्रियँका कुमारी र ८ बर्षीया मनिषा कुमारीको जीवन गुजाराका लागि धोविनीका स्थानीय युवाहरुले सामाजिक सञ्जाल मार्फत सहयोग संकलन गरेका हुन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ घर भएका रामबचन ठाकुर र रमिता ठाकुरबाट जन्मिएका दुई दिदीबहिनी प्रियंका र मनिषा ठाकुरले सानै उमेरमा अभिभावक गुमाउनु प¥यो । रोजगारी खोज्दै भारतको पञ्जाब पुगेका रामबचनको २०७३ सालमा उतै हत्या भयो । बाबुको हत्यापछि आमा रमिताले उनीहरुलाई छोडेर बेपत्ता भईन् ।

ADVERTISEMENT

बाबुको भारतमा हत्या भएको र आमाले पनि छोडेर बेपत्ता भएपछि उनीहरु बिचल्ली अवस्थामा भेटिएका प्रियंका र मनिषालाई स्थानीयले धोविनी गाउँपालिकाको वडा नम्बर ४ लंगडी स्थित मावली हजुरआमा देवन्ती देवीको ल्याएर छोडिदिएका थिए । उनीहरुको पालनपोषण मावली हजुरआमा देवन्तीले नै गर्दै आएकी थिईन् ।

मावली हजुरआमासँगै बस्दै आएकी प्रियंका र मनिषाको जीवनमा फेरी अर्को बज्रपात भयो । मावली हजुर आमा देवन्ती देवीको पनि ८५ बर्षको उमेरमा फागुन ३ गते निधन भयो । सानैमा बाबु आमा गुमाएका प्रियंका र मनिषाले वृद्धा हजुरआमा पनि गुमाउनु परेपछि उनीहरुको बिचल्ली भएको छ ।

हजुरआमाको अन्तिम संस्कारमा दागबत्ती दिने समेत मान्छे नभएपछि १० बर्षीया प्रियंकाले नै दागबत्ती दिनुप¥यो । सामान्य आर्थिक अवस्था रहेका उनीहरु अभिभावक विहिन भएपछि अहिले प्रियंका र मनिषाको संरक्षणका लागि स्थानीय युवाहरुले सक्रियतामा सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरे ।

सञ्चारकर्मी समेत रहेका राजन कुमार बानियाँ, लालबाबु बानियाँ सहित अन्य युवाहरु प्रदीप पटेल, पिन्टु पटेल, मुन्ना सहनी, राजकिशोर गुप्ता, राजु बनियाँले सामाजिक सञ्जालमा आर्थिक सहयोगको लागि अपिल गरे । त्यसपछि इ–सेवा मार्फत बिचल्लीमा परेका दिदीबहिनी प्रियंका र मनिषाको लागि सहयोग जुट् थाल्यो ।

अभिभावक विहिन भएका उनीहरुको संरक्षणमा स्थानीय तहले खासै चासो देखाएको थिएन । ठाकुर दिदीबहिनीको लागि सामाजिक सञ्जाल फेसमबुक मार्फत नै भएको आर्थिक सहयोग संकलन अभियानमा स्वःस्फुर्त सहयोगहरु जुट्न थाल्यो । सामाजिक सञ्जालमा सहयोगको याचना देखेपछि वीरगन्जको सामाजिक संस्था सानो पाईलाले ठाकुर दिदीबहिनीलाई संरक्षण गर्ने चासो देखायो ।

सानो पाईलाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै अभिभावक विहिन बनेको ठाकुर दिदीबहिनीलाई संरक्षण गर्ने जानकारी दियो । उनीहरु अहिले हजुर आमाको निधनको शोकमा रहेकाले हजुरआमाको काज क्रियापछि सानोपाईलाले ल्याएर संरक्षण गर्ने सानो पाईलाका कार्यकारी निर्देशक कञ्चन झाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे ।

असहाय, बेसाहारा, अशक्त नागरिकहरुको संरक्षण गर्नु स्थानीय तहको सरकारको दायित्व हो । तर, सामाजिक सञ्जालमा सहयोगको यचना गरेको व्यापक भएपनि स्थानीय तहले भने त्यति धेरै चासो लिएन । जब सामाजिक सञ्जालमा भाईरल भएर सामाजिक संस्थाले समेत संरक्षणको चासो देखाएपछि बल्ला धोविनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली अभिभावक विहिन दिदीबहिनीलाई भेट्न पुगे ।

Advertisment Advertisment Advertisment

पीडामा रहेका उनीहरुलाई उनीहरुका नजिकका कसैले पनि वास्ता गरिरहेका थिएनन् । युवाहरुले सामाजिक सञ्जालमा सहयोगको आग्रह सहित पोष्ट गरेपछि सहयोग रकम जुट्न थाल्यो । सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि धोबिनी गाउँपालिकाका स्थानीय जनप्रतिनिधि चामल, आलु, दाल, तेल लिएर पुगे । नगद २० हजार पनि दिए । पोखरिया नगरपलिका उपप्रमुखले रुबी ठाकुर पनि केही सहयोग लिएर पुगिन् ।

अभिभावक विहिन उनीहरुलाई खाद्यान्न सहितको सामान समेत सहयोग आउन थालेपछि उनीहरुलाई वेवस्ता गर्नेहरु समेत सामान आफ्नो घरतिर राखिदिने भन्दै लैजान खोजेका थिए । स्थानीय तह र सामाजिक संस्थाले चासो लिन थालेपछि अब उनीहरुको संरक्षणका लागि कानूनी प्रकृयाबाटै टुंगो लगाउने तयारी गरिएको सञ्चारकर्मी राजन बानियाँले बताए ।

उनले भने, ‘हामीले इसेवा मार्फत केही रकम संकलन गरेका छौं । सबै आएको रकम जम्मा गरेर दुवै दिदी बहिनको लागि बैंकमा जम्मा गरिदिने छौं । तर, जन्म दर्ता पनि नभएकोले बैंकमा जम्मा गर्न केही प्रकृयामा समस्या भएको छ । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवज्यूले पनि जन्मदर्ता बनाउने आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ ।’

जन्मदर्ता बनाएपछि उनीहरुको नाममा बैंकमा पैसा जम्मा गरिदिने राजनले बताए । अन्य सामाजिक संस्थाहरुले पनि प्रियंका र मनिषालाई संरक्षण गर्न चासो देखाएको बताउदै राजनले भने, ‘उनीहरुको सामाजिक गतिविधिको पृष्ठभूमिको आधारमा मात्रै जिम्मा लगाछौं । उनीहरुको भविष्य सुरक्षित र सुरनिश्चित हुने भए मात्रै पठाउछौं । जथाभावी पठाउन पनि भएन ।’

उनका अनुसार सामाजिक सञ्जाल मार्फत नै ३ लाख बराबरको सहयोग रकम संकनल भईसकेको छ । तीनजनाको मोबाईल नम्बरको इ–सेवामा रकम आएका छन् । ती सबै रकम एकठाउँमा जम्मा गर्ने र बैंकमा जम्मा गर्न आवश्यक पहल गर्ने राजनले बताए ।

Previous Post

मस्कोट मावि र एञ्जल वर्ल्ड स्कुलले मनाए आफ्नो बार्षिकोत्सव

Next Post

पर्सामा दुईलाख भन्दा बढी बालबालिकालाई दादूरा/रुबेला खोप लगाईदै

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In