वीरगन्ज । वीरगन्जको रेशकमोठीमा रहेको मस्कोट मावि र पानी टंकीमा रहेको एञ्जल वल्र्ड स्कुलले आफ्नो बार्षिकोत्सव मनाएका छन् । मस्कोट माविले आफ्नो २४ औं बार्षिकोत्सव र एञ्जल वर्ल्डले २० औं बार्षिकोत्सव शनिबार मनाएको हो ।
मस्कोट मावि विद्यालय परिसरमै आयोजना गरिएको बार्षिकोत्सव समारोहको प्रमुख अतिथि मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यले उदघाटन गरेका थिए ।
उद्घाटनपछि मन्तव्य राख्दै प्रा.डा.शाक्यले विद्यालयहरुले आन्तरिक प्रतिस्पर्धा मात्रै नभई विद्यालय विद्यालय स्तरका प्रतिस्पर्धाको आयोजना गर्ने र त्यसबाट दक्ष जनशक्तिहरु उत्पादन हुने बताए ।
विद्यार्थीहरुको खेलकुद विकासका लागि विद्यालयहरुले एकै ठाउँमा स्पोर्ट्स एकेडेमी बनाएर प्रतिस्पर्धा गराउँदा खेलकुदमा विकास हुनसक्ने बताए ।
विद्यालयका निर्देशक छेडुप लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष आलोक चौरसिया, जिल्लाका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, जिल्ला अध्यक्ष अजित कुमार भूजेल, संस्थापक उपाध्यक्ष जगत राई लगायत विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसैगरी पानीटंकीमा रहेको एञ्जल वर्ल्ड स्कुलले पनि आफ्नो २० औं बार्षिकोत्सव सम्पन्न गरेको छ । वीरगन्जको नगरसभा गृहमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्य नै रहनुभएको थियो ।
विद्यालयका निर्देशक रामराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीले मनोरञ्जन दिलाएका थिए । भने विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष आलोक चौरसिया, जिल्लाका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगर, जिल्ला अध्यक्ष अजित कुमार भूजेल, संस्थापक उपाध्यक्ष जगत राई लगायत विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।