वीरगन्ज । वीरगन्जमा आज जगन्नाथ रथ यात्रा निकालिदै छ । बीरगंजमा पहिलो पटक जगन्नाथ रथ यात्रा निकाल्न लागिएको हो । रथयात्राका लागि वीरगन्जको घण्टाघरमा तयारी गरिएको छ । घण्टाघरबाट निकालिने रथ यात्रा मुख्य सडकको माईस्थान, महाविरस्थना, अलखियामठ, पूजन होटल, कैलाश होटल हुदै आदर्शनगर पूरानो बसपार्कमा पुगेर सम्पन्न हुने आयोजकले जनाएको छ ।
बिहान १०ः३० बजे शुरु हुने रथ यात्रा दिउँसो ३ बजे सम्पन्न हुनेछ । रथयात्राका क्रममा हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
केही दिन अघि वीरगन्जमा भएको तनावले पनि जगन्नाथ रथ यात्राका क्रममा पनि सम्भावित घटना हुन सक्ने भन्दै नियन्त्रणका लागि सुरक्षा व्यावस्था कडा पारिएको छ । चोक चोकमा प्रहरी परिचालन गरिएको छ । संवेदनशील स्थानहरुमा विशेष निगारी समेत राखिएको प्रहरीले जनाएको छ ।