वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार बिहान चार घण्टाका लागि खुला गरिएको कर्फ्यु पुनः लागू भएको छ । हिजो दिउँसो झडपको स्थिति सृजना भएपछि संभावित दुर्घटना रोक्न हिजो बेलुकी पाँच बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
सर्वसाधारणको सहजताका लागि आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुला गरिएको कर्फ्यु आदेश पुनः यथावत रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस भनेर आज बिहान ६ बजेदेखि १० बजेसम्मका लागि खुला गरिएको कर्फ्यु पुनः स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफर््यु लागू भएको जनाएको छ ।
हिजो हिन्दु समाजले बजार बन्दको आह्वान गरेको थियो । प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति सृजना भएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जारी गरेको कर्फ्यु आदेशमा पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्षेत्र) भित्र कफ्र्यू जारी भएको छ ।
कर्फ्यु आदेश जारी जारी गरिएको क्षेत्र भित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुँल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ -याली गर्न एवम् अन्य कुनै प्रकारका उच्छृङखल गतिविधि गर्न नपाउने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कोही कसैले आदेशको पालना नगरे कानुन बमोजिम कडा कारवाही गरिने जिल्ला प्रशासन पर्साले सूचनामार्फत जनाएको छ । अतिआवश्यक काम भएकाहरुले सम्बन्धित पहिचान खुल्ने कागजात लिएर स्थानीय सुरक्षा अधिकारीहरुको समन्वयमा मात्रै हिड्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।