वीरगन्ज । नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक वीरगञ्जको होटल भिष्वामा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष डा. दिपेन्द्रकुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
संस्थामा संस्थापकहरुबाट भएको योगदान रकम तथा आजीवन सदस्यता शुल्कबाट प्राप्त रकममध्ये ७५ प्रतिशत रकमलाई पूँजीकृत कोषमा राख्ने र बाँकी चालु शीर्षकमा खर्च गरिने बैठकले निर्णय गरेको छ । एसोसिएसनले भोलिदेखि नै नयाँ आजीवन सदस्य तथा साधारण सदस्यहरु बनाउनका लागि फारम वितरण गर्न सुरु गर्ने भएको समेत जनाएको छ ।
आजीवन सदस्यता लिने सदस्यहरुले एकपटक मात्र दश हजार आजीवन सदस्यता शुल्क तिरेर सदस्यता लिन पाउने अध्यक्ष चौधरीले बताए । त्यस्तै साधारण सदस्यता लिन चाहनेहरुको लागि प्रथम वर्ष दुई हजार पाँच सय र सो पश्चात प्रतिवर्ष एक हजार रुपैँया नविकरण शुल्क वापत तिर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
एसोसिएसनको सदस्यता लिनलाई कमर्स वा व्यवस्थापन संकायमा स्नाकोत्तर गरेको हुनुपर्ने व्यावस्था गरिएको छ । आफ्ना सदस्यहरुलाई आलेख लेख्न निःशुल्क प्रशिक्षण दिईने छ । भने कमर्स वा व्यवस्थावन संकायमा स्नात्तक चौथो वर्ष तथा स्नाकोत्तर अध्ययनरत विद्यार्थीलाई समेत न्यून शुल्कमा प्रशिक्षण दिने एसोसियसनले निर्णय गरेको छ ।
यसैगरि सन् २०२४ भित्र वीरगंजमा नेपाल कमर्स एसोसिएसनको प्रथम सम्मेलन गर्ने निर्णय समेत बैठकले गरेको छ । सम्मेलन जर्नल (पुस्तक) समेत प्रकाशन गर्ने एसोसिएसनले निर्णय गरेको छ ।