वीरगन्ज । वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित हुलाकी राजमार्गको छेउमा बेवारिसे अवस्थामा फेला परेको एक महिलाको शवको अझै सनाखत हुन सकेको छैन ।
सोमबार दिउँसो चार बजेको समयमा अलौ स्थित हुलाकी राजमार्गको छेउको पोखरीमा रातो रंगको स्विटर र पहेलो पेटीकोट लगाएको नामथर वतन नखुलेको अन्दाजी. ५५/६० वर्ष की महिला मृत अवस्थामा फेला परेको थियो ।
महिलाको बेवारिसे शव फेला परेको जानकारी पाउने बित्तिकै खटिएको प्रहरी टोलीले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका प्रकृया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पु¥याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
५ फिट १ ईन्च उचाई, रातो रंगको स्विटर र पहेलो पेटीकोट कपडा लगायतकी महिलाको शवको अहिलेसम्म सनाखत हुन नसकेको डिएसपी थापाले बताए ।