वीरगन्ज । २८६० औ सोनाम ल्होछार वीरगन्जमा भव्य रुपमा मनाईने भएको छ । सोनाम ल्होछारको अवसरमा वीरगञ्जमा साँस्कृतिक कार्यक्रम सँगै बिभिन्न कार्यक्रमहरुको आयोजना हुने भएको हो ।
बिहीबार सोनाम ल्होछार आयोजक नेपाल तामाङ घेदुङ र टासी थार्वालिङ बैद्ध गुम्बा वीरगञ्जले पत्रकार सम्मेलन गरि कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो । वीरगञ्ज पब्लिक कलेजमा आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ पर्सा सचिव छेदुप लामाले शनिबार सोनाम ल्होछारको अवसरमा बिहान ७ः०० बजेदेखि १० बजेसम्म बौद्ध गुम्बा भिस्वा परिसरमा पूजा अर्चना गरि शोभायात्रा सहित वीरगन्जको पूरानो बसपार्क पुगेर सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
शनिबार सोनाम ल्होछारको अवसरमा साँस्कृतिक तथा सम्मान कार्यक्रम दिउँसो दुई बजेदेखि आयोजना गरिएको उनले बताए । साँस्कृतिक कार्यक्रममा तामाङ समुदायको परम्परागत नृत्य र गीतहरुको प्रस्तुति रहने लामाले बताए । साथै कार्यक्रम स्थल आदर्शनगर पुरानो बसपार्कमा नेवार, थारु, मधेसको विभिन्न खानाको परिकारका स्टल समेत राखिने छ ।
कार्यक्रमको कूल लागत तीन लाख रुपैंया लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । उक्त रकम बिभिन्न दाताहरुको सहयोगमा प्राप्त हुने पनि लामाले बताए ।
नेपाल तामाङ घेदुङ वीरगन्ज महानगरका अध्यक्ष मनोज लामाको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका,नेपाल तामाङ अध्यक्ष मुकेश लामा, सदस्यहरु सागर लामा ,बिजय लामा, आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) मधेस प्रदेश इञ्चार्ज नीरज पिठाकोटे मगर, पर्सा अध्यक्ष अजित भुजेल, थारु पत्रकार पर्साका अध्यक्ष शम्भु महतो थारु, जगत राई लगायत पत्रकारहरुको सहभागिता रहेको सो पत्रकार सम्मेलनमा छेदुप लामाले महोत्सव कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो
भने सहजीकरण पत्रकार राम मण्डलले गरेका थिए । वीरगन्जमा तामाङ समुदायले प्रत्येक बर्ष ल्होछार पर्व मनाउदै आइरहेको भएतापनी यश बर्ष भने सार्वजनिक रुपमा भव्य र सभ्य रुपले मनाउने जमर्को गरिएकोले सोनाम (डुक) ल्होछार महोत्सवमा सहभागी भई सामुहिक रुपमा मनाउन सम्पुर्ण समुदाय र शुभचिन्तकहरुलाई आयोजकको तर्फबाट कार्यक्रम संयोजक सन्नी पाख्रीनले आग्रह सहित आमन्त्रित गरेका छन् ।