जनकपुर । बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को महिला मोर्चाकी इञ्चार्ज र अध्यक्ष सहित २३ जना नेता–कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । आम महिला मोर्चाकी इञ्चार्य सिमल साह र केन्द्रीय अध्यक्ष कुमारी बबितालाई प्रहरीले दुर्व्यवहार गर्दै गिरफ़्तार गरेको आजपाका अध्यक्ष प्रभु साहले बताए । जनकपुरको रामानन्दचोकबाट २३ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
बिहीबार (आज) बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।
बन्दले राष्ट्रिय सभा निर्वाचनलाई असर गरेको छैन । राष्ट्रिय सभाका दुई सदस्य चयन गर्न मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहान नौ बजेदेखि मतदान जारी छ । मतदान शान्तिपूर्ण छ ।
बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो । बन्द सफल बनाउन भन्दै आजपाका नेता–कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।
मधेश बन्दको क्रममा पक्राऊ परेका आजपाका नेताहरु :-
१. जनकपुरको रामानन्दचौकबाट आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीको अध्यक्ष चन्द्रभूषण साह लगायत दर्जनौलाई धनुषा प्रहरी कार्यालयमा राखेको
२. आजपा उपाध्यक्ष रीता देवी साह, उपमहासचिव अरुण घिसिंग, सचिव एवं पुर्वसांसद समीना हुसैन, आईटी आर्मीको उपाध्यक्ष सुमन यादव, प्रदेश सचिव ममता शर्मालाई लगायत सयजनालाई प्रहरी प्रदेश कार्यालयमा
३. आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता र इंचार्य सिमल साहलाई प्रहरीद्वारा दुर्व्यवहार सहित गिरफ़्तार
४. प्रदेश अध्यक्ष उमेश कुशवाहा र मा. प्रभु साहको स्वकीय सचिव बिजय यादव लगायत दर्जनौलाई बीरगंज जिल्ला प्रहरीमा
५. रौतहट जिल्ला इञ्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाको केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौ प्रदर्शनकारीलाई चपूर प्रहरीमा