मेघराज राय/ जिराभवानी ।
पर्साकाे जिराभवानी गाउँपालिका वडा नम्बर- १ मा ४ जना महिला सहित ३० जनाले रक्तदान गरेका छन् ।
थारु सम्बत २६४८ (खिचडी ) माघीको अवसरमा युवा समाज पकडीटोलको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन ।
घुम्टाेमा बस्ने परम्परा ताेड्दै ४ जना महिलाहरुले पनि रक्तदान गरेका हुन् । “रक्तदान नै जीवन दान हो” भन्ने कुरा सुन्दै आएका तर अवसर नपाएका जिराभवानी गाउँ पालिका १ पकडीटोलका ४ जना महिलाले आफ्नै गाउंमा आयोजना गरिएकाे कार्यक्रममा उत्साहित भएर रक्तदान गरेका थिए ।
दिन भरि घरको चुलो चौकोमा ब्यस्त हुने यहांका महिलाहरु आफ्नो स्थानिय ठांउमा यस्ता कृयाकलाप नभएपछि त्यसमा सहभागी हुन नपाएको तर अवसर पाउने बितिकै रक्तदान गरेको स्थानीय रेखा देवीको भनाई छ ।
आयोजक युवा समाज पकडीटोलका अध्यक्ष बालेश्वर दिस्वा थारुको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीराभवानी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रामशरण खवास थारुको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खवासले रक्तदान कार्यक्रमले समाजलाई जोड्ने काम गर्ने बताउनुभएको थियो । क्लब तथा विभिन्न संघसस्थाले आफ्नो समाजीक उतरदायीत्व बहन गर्नपनि यस्ता काम गर्ने गरेको बताउदै जीवनको रक्षा हुने काम गरेको प्रती यस युवा समाजलाई धन्यवाद समेत दिनुभएको थियो ।
सो कार्यक्रममा जिराभवानी गाउँपालीका वडा नम्बर- २ का वडा महादेव महतो थारु वडा नम्बर ३ का पुर्ब वडा अध्यक्ष उमेश सिह थारु वडा सदस्य नरसिंह दिस्वा थारु पुर्ब गा बि स उपाध्यक्ष शुरेश खवास थारु समाजसेवी रामपृत महतो,
युवा समाजसेवी गोबिन्द चौधरी, नन्दकिशोर दास, सुमित सा, एगल दास, राजन दास लगायत स्थानीय विभिन्न माध्यमिक विद्यालयका प्र.अ.स्थानीय बुधिजीबी स्थानीय पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
साथै भोलि हुने माघी खिचडी महोत्सवको सम्पूर्ण त्यरी पुरा भएको युवा समाज पकडीटोलका अध्यक्ष बालेश्वर दिस्वाले जानकारी दिनुभयाे । भोलिको कार्यक्रममा रास्ट्रय तथा स्थानीय कलकारहरुको बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ ।