वीरगन्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ग्रामीणक्षेत्रमा प्रहरीले पैदल गस्ती शुरु गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ को उदेश्य अनुरुप पुष २७ गते बिहान १०ः०० बजेदेखि प्रहरी बरिष्ट हवल्दार राजनेत प्रसाद यादवको कमाण्डमा ७ जनाको पैदल गस्ती टोली खटाईएको इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मातहत पर्ने इप्रका सेढ्वा पर्साबाट शुरु भएको पैदल गस्ती टोली सेढ्वा, जगतीया, बलुवा, पकडी टोल, महादेवपट्टी, पिडारीगुठी हुदै स्थानीय टोल टोल घुम्दै बेलुकी प्रहरी चौकी पाण्डेपुर, पर्सामा राती विश्राम गरि पुन पुष २८ गते बिहान ७ः०० बजेदेखि पाँडेपुर, जमुनिया, खिलचरी, जगरनाथपुर, सुपौली, मोडटोला, शंकररशरैया, सखुवनिया, हरैया, सहजानपुर, नवकाटोला हुँदै बेलुका ५ः०० बजे पुन इलाका प्रहरी कार्यालय सेढ्वा फर्किएको प्रहरी निरीक्षक केशरीले बताए ।
टोलीले गस्ती अवधी भरको नागरीकको सल्लाह, सुझाव , सुरक्षा सम्बन्धी चुनौती र समस्याबारे जानकारी गराएको छ । पैदल गस्ती टोलीले दिएको जानकारीको आधारमा सुरक्षा अवस्था, चुनौती, समस्या पहिचान गर्ने गरिएको त्यही अनुसार सुरक्षा विश्लेषण गरी आवश्यक सुरक्षाको रणनीति निर्माण गरी कार्यान्वयन गर्ने गरिएको प्रहरी निरीक्षक केशरीले बताए ।
प्रहरी निरीक्षक केशरीले पटेर्वा सुगौलीको कमाण्ड सम्हालेपछि वन फँडानी, अवैध लागू औषध तस्करी, गाँजा खेती, प्राकृतिक स्रोतको उत्खनन् लगायतका महत्वपूर्ण क्षेत्रमा उच्च सुरक्षा निगरानी गरी नियन्त्रणमा लिने गरिएको छ ।