वीरगन्ज । पर्साका दलित सामाजिक अभियन्ता मनोज राम पोखरामा सम्मानित भएका छन् । मिजार समाज नेपाल, पोखराले दलित सामाजिक अभियान्ता तथा पिसफोर दलित फाउन्डेसन नेपाल, पर्साका संस्थापक अध्यक्ष मनोज रामलाई शनिबार सम्मान गरेको हो।
शिक्षा, सामाजिक सेवा, दलित समुदायको बालबालिकाको शिक्षामा पहुँच, सामुदायिक न्याय, सामाजिक रुपान्तरण, दलित समुदायको लागि सशक्तिकरणमा पु¥याएको योगदानको कदर गर्दै रामलाई सम्मान गरेको आयोजक संस्था मिजार समाज नेपालले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले रामलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिईन् । दलित समुदायको शिक्षा तथा सामाजिक क्षेत्रको विकासमा समर्पित भई लामो समयदेखि दलित समुदायको परिवर्तनमा सक्रिय रहेका मनोज राम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट चिरपरिचित दलित सामाजिक अभियान्ता हुन् ।
विगत १५ वर्षदेखि पर्सा जिल्ला लगायत मधेश प्रदेश र राष्ट्रिय स्तरमा दलित समुदायको उत्थानका लागि सामाजिक कार्यमा सक्रिय रहरेका रामले अहिले पर्सा जिल्लाको १००० दलित समुदायको बालबालिकाको लागि शिक्षामा पहुँच बढाउन सक्रिय रहेका छन् ।
दलित समुदायका बालबालिकालाई विद्यालय टिकाउ, गुणस्तरीय शिक्षा, सिकाई सुधार, सामुदायिक परिवर्तन, कक्षा उतिर्णमा सुधार, शिक्षामा बानीको विकासको लागि समुदाय टोल बस्तीमा ५ स्थानमा सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्र संचालन गरेका छन् ।