वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीले वडा भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ब्याग र ट्रयाक सुट वितरण गरेका छन् । वडा स्तरीय बजेटबाट वडा नम्बर २५ को ड्राईपोर्ट चोकमा रहेको नेरा आधारभूत विद्यालयमा १५० र खल्वाटोलाको विद्यालयमा १५० गरी तीनसय जना विद्यार्थीहरुलाई शुक्रबार ब्याग र ट्रयाक सुट वितरण गरेको हो ।
वडा अध्यक्ष चतुर्वेदीको नेतृत्चमा वडा सदस्यहरुको टोलीले विद्यालयमा पुगेर प्रत्येक विद्यार्थीहरुलाई ब्याग र ट्रयाक सुट वितरण गरेका हुन् । वडा भित्र पर्ने दुईवटा विद्यालयमा शुक्रबार ब्याग वितरण गरिएको र मौजे टोलमा रहेको विद्यालयमा भने आईतबार वितरण गरिने वडा अध्यक्ष चतुर्वेदीले बताए ।
ब्याग वितरण कार्यक्रममा वडा सदस्यहरु जगदीश साह तुराहा, सिकन्दर कुमार गुप्ता, महिला सदस्य तेतरी देवी र दलित महिला सदस्य फूलनियादेवी, वडा सचिव हरेराम चौधरी, प्रहरी चौकी ड्राईपोर्टका बरिष्ठ प्रहरी नायव निरीक्षक टेक बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
वडाका कोहीपनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नहोस भनेर उनीहरुलाई विद्यालय पठाउन प्रोत्साहन स्वरुप वडा स्तरीय बजेटबाट ब्याग वितरण गरिएको वडा अध्यक्ष चतुर्वेदीले बताए ।