वीरगन्ज । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन पर्साको कार्यसमिति पुनर्गठन गरेको छ । एजाजबाबु राँकीको अध्यक्षतामा ३१ सदस्सीय समाजबादी विद्यार्थी युनियन पर्साको कार्यसमिति पुनर्गठन गरिएको हो ।
जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर र पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मीको प्रमुख आतिथ्यता तथा जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी विद्यार्थी युनियन पर्सा पुनर्गठन गरिएको हो ।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर–१६ का पूर्व वडाध्यक्ष श्यामबाबु चौरसिया, वडा नम्बर १५ का वडाध्यक्ष परशुराम चौरसिया, ५ नम्बर वडाका पूर्व वडाध्यक्ष लालबाबु आलम, जसपाका जिल्ला सदस्य सुनिल शमा,
विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष अमोद यादव, प्रदेश उपाध्यक्ष तथा जिल्ला ईन्चार्ज शत्रुधन यादव, जसपाका युवा नेता बिकाश गुप्ता, पवन सर्राफ लगायत नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो ।