कृष्णमोहन साह
वीरगन्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगोलीले फेरी अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको दुइ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पर्साको पर्सा गढि नगरपालिका वार्ड नम्बर–३ भेडाहा खोलाबाट अवैध रुपले गिट्टी बालुवा उत्खनन् गरि लैजाँदै गरेको अवस्थामा दुइ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले बताए ।
भेडाहा खोलामा अवैध रुपमा बालुवा गिट्टी उत्खनन् भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले खटाएको प्रहरी चौकी मिलनचोकको प्रहरी टोलीले ना ७ त ६२७८ ना ७ त ३७७२ गरि दुइ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्रयाक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केशरीले बताए ।