Kवीरगन्ज । पर्सामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको अवस्थामा पाँचवटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पर्साको वीरगन्ज महानगरपालिका स्थित भेडाहा खोलाबाट अवैधरुपले गिट्टी बालुवा उत्खनन् गरि लैजादै गरेको अवस्थामा पाँचवटा ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए ।
भेडाहा खोलामा अवैध रुपमा बालुवा गिट्टी उत्खनन् भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्याल पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले खटाएको प्रहरी चौकी मिलनचोकको प्रहरी टोलीले ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, प्र२–०३–००१–४७४७ गरि पाँचवटा ट्रयाक्टर बरामद गरेको हो ।
नियन्त्रणमा लिएका ट्रयाक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक केशरीले बताए । पटेर्वा सुगौलीको प्रहरी निरीक्षकको नेतृत्वमा केशरी आएपछि ग्रामीणक्षेत्रमा हुने अवैध गतिविधिहरु नियन्त्रणमा प्रहरीको सक्रियता बढेको छ ।
बिहीबार नै पर्सागढी नगरपालिका वडा नम्बर ७ फुलवरिया टोलस्थित नदि किनारकोे छठघाटमा छुट्टाछुट्टै स्थानमा लुकाई छिपाई राखिएको अवस्थामा दाउरा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय एकटाङ्गा, बिन्दबासीनी कोइलाभार बडनिहार साझेदारी वन गस्ती टोली र सब डिभिजन वन कार्यालय रङ्गपुरबाट संयुक्त रुपले खटिएको टोलीले तीन ट्याक्टर बराबरको दाउरा बरामद गरेको हो ।
बरामद दाउरा तस्करी गर्ने गिरोहको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीले बताए । अलपत्र अवस्थामा रहेको दाउरा बरामद गरी आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको प्रहरी निरीक्षक केशरीले बताए ।