• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, September 4, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

लायन्स क्लबको स्वर्ण जयन्ती तथा भोजपुरी सिने अवार्ड पुष १३ गते हुने

by
प्रकाशित मिति : २०८० पुष ११, बुधबार १७:१९ गते
लायन्स क्लबको स्वर्ण जयन्ती तथा भोजपुरी सिने अवार्ड पुष १३ गते हुने
5
SHARES
50
VIEWS

वीरगन्ज । वीरगन्जमा पहिलो पटक भोजपुरी सिने अवार्डको आयोजना हुने भएको छ । वीरगन्जको नगर सभा गृहमा लायन्स क्लब अपÞm बीरगंजको स्वर्ण जयन्ती समारोह तथा नमस्ते इन्टरटेनमेन्ट नेपालसँगको सहकार्यमा पहिलो पटक भोजपुरी सिने अवार्ड आयोजना हुने र यसको लगभग २७ लाखको अनुमानति लागत लाग्ने अनुमान गरिको छ ।

लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसर पारेर पुष १३ गते वीरगन्जमा सम्मान तथा भोजपुरी सिने अवार्डको आयोजना गर्न लागिएको लायन्स क्लब अफ वीरगन्ज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैदले बताए । स्वर्ण महोत्सव तथा सिने अवार्ड मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर वीरगन्जमा पुष १३ गते लायन्स स्वर्ण महोत्सव तथा भोजपुरी सिने अवार्डको आयोजना गर्ने तयारी गरिएको जानकारी दिएको छ ।

ADVERTISEMENT

नेपालमा सबैभन्दा पूरानो अन्तराष्ट्रिय संस्था लायन्स क्लब अफ वीरगन्जले सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको र मनोरञ्जन क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि लायन्स क्लब अफ वीरगन्जको स्वर्ण जयन्तीको अवसरमा सम्मान तथा सिने अवार्डको आयोजना गरिएको संयोजक वैदको भनाई छ ।

वीरगन्जमा आयोजना गर्न लागिएको सिने अवार्डमा नेपाल चलचित्र वोर्डमा दर्ता भएका चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई लक्षित गरी प्रदान गरिने नमस्ते नेपाल इन्टरटेण्मेण्टका प्रमुख भोजपुरी नायक प्रदेशी साहले बताए । भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगन्जमा पहिचानको लागि पनि सम्मान तथा सिने अवार्डको आयोजना गर्न लागिएको बताए । कार्यक्रममा चलचित्र विकास वोर्डका अध्यक्ष तथा नायक भुवन केसी, निर शाह लगायतका कलिउडका विशिष्ट कलाकारहरुको उपस्थिति रहने जनाएको छ ।

ऐतिहासिक फिल्म उद्योगमा उत्कृष्ट योगदान पु¥याएका भोजपुरी कलाकारहरुलाई सम्मान गरी वीरगन्जको पहिचान स्थापित गर्ने पहिलो प्रयास रहेको नायक प्रदेशी साहले बताए । वीरगन्जका धेरै भोजपुरी कलाकारहरुले योगदान गरेपनि उनीहरुले समाजमा अहिलेसम्म सम्मान पाउन नसकेको र भारतीय बजारमा नेपाली भन्ने र नेपाली बजारमा भोजपुरी भाषी कलाकारहरुको योगदानको खासै कदर नगरेपछि लायन्स क्लब अफ वीरगन्जको पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको साहले बताए ।

स्वर्ण जयन्ती र सिने अवार्डका लागि आवश्यक तयारीहरु भव्य रुपमा भईरहेको र सफल पार्नका लागि सम्पूर्ण लायन्स सदस्यहरु लागि परेको लायन्स क्लब अफ वीरगन्जका पूर्व अध्यक्ष छेडुप लामाले बताए । कार्यक्रमका लागि स्थानीय सरकार वीरगन्ज महानगरपालिकाले पनि सहयोग गर्ने आश्वासन पाएको आयोजकले जनाएको छ ।

Advertisment Advertisment Advertisment
Previous Post

वीरगन्जमा जारी प्रो–क्लब टि–२० क्रिकेटमा आर्मीले ब्याटिङ गर्दै

Next Post

पर्साका प्रजिअलाई वीरगन्ज उद्योग वाणिज्य संघमा स्वागत

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निरज पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In