वीरगंज । ग्रामिण क्षेत्रका मजदुरहरुले पनि रक्तदान कार्यक्रममा अग्रसरता देखाउन थालेका छन ।
नेपाल बिजुली, पेन्टर, पलम्वर तथा निर्माण व्यवसायी मजदुर युनियन नगर कमिटिको आयोजना कलैया उपमहानगरपालिका वडा २१ भोडाहामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
२ महिला सहित ३० जनाले रक्तदान गरेको युनियनका सदस्य तथा स्थानीय बासदेव यादवले जानकारी दिनुभयो ।
युनियन नगर अध्यक्ष धनेश्वर कुश्वाहाको अध्यक्षतामा तथा नेपाली कांग्रेस बाराका सभापति पुर्व नगर प्रमुख राजेश राय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेको टोलीले प्राविधिक सहयोग गरेको थियो ।