वीरगन्ज । वीरगन्जको रेशमकोठीमा रहेको मस्कोट एकेडेमीलाई जुनियर सेफ प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरुलाई पाक कला पनि सिकाउने उद्देश्यले विद्यालयमा अन्तर सदन पाक कला प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा १५८ अंक प्राप्त गरी ब्लु हाउस प्रथम भएको छ ।
त्यस्तै १५३ अंक ल्याएर रेड हाउस दोश्रो, १३८ अंक सहित ग्रिन हाउस तेश्रो र यल्लो हाउसले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी सदनहरुलाई क्रमश : २५००, २००० र १५०० र १००० पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा दिपु कुमार यादव र संतोष पटेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विद्यालयका कक्षा ५ भन्दामाथि अध्ययन गरेका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरु खाली समयमा बढी मोबाईलमा मात्रै अल्भिने गरेकोले उनीहरुलाई आफैले पकाउन सिकाई घरपरिवारमा सहयोग गर्ने तथा आफ्नो भविष्यको लागि उपयोगी सीप भएकोले प्रतियोगिताको आयोजना गरिएको मस्कोट माविका निर्देशक छेडुप लामाले बताउनुभयो ।
विद्यालयले समय समयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु मार्पmत विद्यार्थीहरुलाई जीवनपयोगी सीपहरु सिकाउदै आएको छ ।