• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
Old Site
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …
BIRGUNJ WEATHER

द्विदेशीय व्यापार साझेदारका लागि शिखर सम्मेलन वीरगन्जमा सम्पन्न

ट्रिब्यून न्युज by ट्रिब्यून न्युज
प्रकाशित मिति : २०८० पुष ४, बुधबार २०:०१ गते
द्विदेशीय व्यापार साझेदारका लागि शिखर सम्मेलन वीरगन्जमा सम्पन्न
5
SHARES
53
VIEWS

वीरगञ्ज । नेपाल भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ को दोस्रो संस्करण वीरगन्जमा सम्पन्न भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र पञ्जाब–हरियाण–दिल्ली (पिएचडी) चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको संयुक्त आयोजना र भारतीय महावाणिज्य दूतावास, वीरगञ्जको सहकार्यमा नेपालको आर्थिक राजधानी वीरगञ्जमा आर्थिक साझेदारी शिखर सम्मेलन बुधबार सम्पन्न भएकोे हो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भारत नेपाल बीचको बहुआयामिक सम्बन्धका बारे चर्चा गर्दै दुई पक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले खेल्नु पर्ने भूमिका र सिमावर्ती क्षेत्रमा आइरहने कठिनाईको समाधानको लागि स्थानीयस्तरबाट पहल गरिनुपर्नेमा जोड दिए ।

ADVERTISEMENT

सुविधा सम्पन्न क्वारेन्टाईन तथा खाद्य प्रयोगशालाको स्थापना हुनुपर्ने, डिस्प्युट सेलको स्थापना गरिनुपर्ने, तेस्रो मुलुकका पार्ट/पुर्जा, स–साना मेशिनरी तथा जीवन उपयोगी औषधीहरु भारतबाट समेत आयात गर्ने व्यवस्था हुनु पर्ने, नेपाली सवारी साधानलाई भारतमा सहज प्रवेशको व्यवस्था हुनुपर्ने लगायतका विषयहरु राखेका थिए ।

भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीणाले भारत र नेपाल बीचको व्यापार विस्तारको लागि भारत सदियौंदेखि सहयोग गर्दै आएको र आगामी दिनहरुमा समेत सहयोग गर्ने बताए । उनले भारत र नेपाल बीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दूतावास सदैव तयार रहेको बताए ।

उनले भारत नेपालको व्यापार साझेदार देश भएको र ठूलो लगानीकर्ता पनि भएकोले अहिले नेपालमा भारतका १५० भन्दा धेरै उद्यम सञ्चालनमा रहेको बताए । पीएचडी चेम्बर–भारत नेपाल सेन्टरका सचिव तथा कार्यक्रमका संयोजक अतुलकुमार ठाकुरले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भारत नेपाल बीचको व्यापारिक सम्बन्ध विस्तारको लागि पिएचडी चेम्बर खेलेको भूमिका उजागर गरे। उनले दुवै देशको व्यापारिक सम्बन्ध सुमधुर भए मात्र दुवै देशको आर्थिक उन्नति हुने बताए ।

नेपाल–भारत बीचको व्यापारिक सम्बन्ध, अवरोधहरु र समस्या समाधान लगायतका विभिन्न आयामका बारेमा भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल, निम्बस ग्रुफ अफ इण्डष्ट्रीका अध्यक्ष जगदीशप्रसाद अग्रवाल, युनिलिभर नेपालका कारखाना प्रबन्धक सञ्जय भट्टाचार्य, ऊर्जा वल्र्डका संस्थापक प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले पनि बोलेका थिए ।

त्यस्तै इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्टका कार्यकारी निर्देशक विकास रौनियार, सीमा जागरण मञ्चका विहार राज्य संयोजक महेशकुमार अग्रवाल, नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोककुमार वैध, नेपाल राष्ट्र बैंकका उपनिर्देशक रचना पराजुली, नर्थ–साउथ क्लेक्टिभ्सका कार्यकारी निर्देशक राकेशकुमार मिश्र पनि विचार राखेका थिए ।

त्यसैगरी मधेश प्रदेशका प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सोहनप्रसाद साह, नेपाल–भारत उद्योग वाणिज्य सङ्घका उद्योग तथा निर्यात प्रबन्धक समितिका सभापति कुनाल क्याल, नेपाल भारत उद्योग वाणिज्य सङ्घ – वीरगञ्ज चेप्टरका अध्यक्ष अभिषेक चौधरी, सर्जिप्रोटेक्ट प्लसका निर्देशक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सह–सचिव निरज अग्रवालले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले गरेका थिए ।

Advertisment Advertisment Advertisment
Previous Post

शिक्षाको मन्दिर हरिखेतानमा स्वार्थको द्वन्द्व, विद्यार्थी र अभिभावक चिन्तित

Next Post

आजदेखि पुष ७ गतेसम्म नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी हुदै

ट्रिब्यून न्युज

ट्रिब्यून न्युज

          ट्रिब्यून नेपाल प्रालिद्वारा संचालित डिजिटल पत्रिका ट्रिब्युन न्युज नेपाली पत्रकारितामा एक पृथक कन्टेण्टमा आधारित सञ्चार माध्यम हो । आर्थिक क्षेत्रमा विश्लेषण सहितको विशेष दख्खल राख्ने व्यक्तिहरु आवद्ध यस सञ्चार माध्यमबाट राज्य संचालनको महत्वपूर्ण श्रोतहरुको व्यावस्थापन, परिचालनको विशेष जानकारी आम पाठकवर्गमा पस्किने प्रयत्न हाम्रो रहनेछ । tribunenewsnp.com अनलाईन समाचारको तथ्य र तथ्यांक सहितको निष्पक्ष समाचार संवाहक हो । समाचारलाई तथ्यमा आधारित तथ्यांक सहित प्रस्तुत गर्ने हाम्रो प्रयास रहने छ । समाचारको तथ्यांकलाई केन्द्रमा मात्रै भर पर्ने परिपाटीको अन्त्य गर्दै मोफसलबाट पनि तथ्यांक र विश्लेषण सहितको समाचार दिने हाम्रो उद्देश्य हो ।

वेबसाईट सम्बन्धी सूचना

यो वेबसाईट परिमार्जन गरी नयाँ बनाइएकोले पुरानो वेबसाईटका सामाग्रीहरु हेर्नका लागी मेनुमा दिइएको old site मा क्लिक गर्नुहोला वा यहाँ क्लिक गर्नुहोस् । पुरानो वेबसाईट

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : निर बहादुर पिठाकोटे (निरज)
न्युज डेस्क : इश्वर राना मगर
विशेष सम्वाददाता : रञ्जित पाण्डेय

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In