वीरगन्ज । सनलाईट इंग्लिस सेकेण्ड्री स्कुल (सनलाईट इएसएस) ले कक्षा ११ का विद्यार्थीहरुको लागि स्वागत तथा प्रोत्साहन कार्यक्रमको आयोजना गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको सनलाईट इएसएसले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको शैक्षिक स्तर तथा व्यक्तित्व विकासका लागि आयोजना गरिएको ‘इलिभेट एण्ड एलेभेन्थ्स’ कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले उद्घाटन गरेका थिए ।
कार्यक्रमा उनले विद्यार्थीहरु पाठ्यक्रमको अध्ययनले भन्दा पनि बाहिरी ज्ञान र सीपले दक्ष भएमा मात्रै भविष्यमा सफल नागरिक बन्न सक्ने र त्यसको लागि विद्यार्थीहरुमा लगनशिलता र अनुशासन आवश्यक रहेको बताए ।
उनले विद्यार्थीको शैक्षिक विकास, बौद्धिक विकास लगायत सर्वांगिण विकासका लागि विद्यालयको व्यावस्थापन पक्ष पनि बलियो हुनुपर्ने त्यो सनलाईट इएसएसमा आफूले पाएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगर, जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, विद्यालयका निर्देशक दिनेश साह, विद्यार्थी कल्याण शाखाका कोअर्डिनेटर शिवम साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका स्किल म्यानेजर मनिष चालिसेले सञ्चालन गरेको कार्यक्रममा सनलाईट इएसएस सञ्चालक समितिका निर्देशक उमेश साह, धनञ्जय चौरसिया, सहजकर्ता राजेश साह लगायत शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका म्युजिक शिक्षक तथा गायक छोटु राजा र विद्यालयका विद्यार्थीहरुले मनोरञ्जनात्मक गीत संगीत प्रस्तुत गरेका थिए ।
कार्यक्रम प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि तथा सञ्चारकर्मीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको विद्यालयका राजन चौरसियाले जानकारी दिनुभयो ।