वीरगञ्ज । आम जनता पार्टी निकट आम सम्पर्क मञ्चद्वारा भन्सार विभाग घेराऊ गरेको छ । “भन्सार नियमावलीबाट ४५% कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी” को लागि आईतबारदेखि पुनः भन्सार बिभागमा धर्ना तथा घेराऊ कार्यक्रम शुरू गरेको छ ।
शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदक़ारी एवं लुटकारी राजस्व नीतिको बिरुद्ध आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार आईतबार त्रिपुरेशर स्थित भन्सार बिभाग घेराऊ भएको हो ।
गएको भदौ ३१ गते उक्त प्रावधान हटाउन भन्सार विभागको महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरिएको संघर्षको पहिलो चरण अन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन गरिएको थियो ।
असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको र असोज १९ गते तराई–मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१ देखि २६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो ।
तर सरकारले यसको कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढ़ाईएको आजपा निकट आम सम्पर्क मञ्चले जनाएको छ।