वीरगन्ज । संयुक्त राजनितिक दलित संघर्ष समिति मधेश प्रदेश अन्तर्गत पर्साको प्रथम जिल्ला भेला तथा अन्तरकृया कार्यक्रम शनिबार वीरगन्जमा सम्पन्न भएको छ ।
भेलाले ईश्क कुमारको अध्यक्षतामा २७ सदस्यीय संयुक्त राजनितिक दलित संघर्ष समिति पर्सा गठन गरेको छ । समितिका सचिवमा सुशिल हजरा, सचिवालय सदस्य महेन्द्र राय, धिरज कुमार पासवान, नरेन्द्र हजरा, धन्रंजन हजरा चयन भएका छन् ।
यसैगरी सदस्यमा हिरालाल राम, प्रमानन्द राम, खिरोधन राम,शान्ति देवी पासवान, गगन सुनार, ओमप्रकाश पासवान श्रीराम पासवान, जगत पासवान, जगत राम, विगु हजरा, छनु पासवान, प्रमशिला राम, महाविर दास, तपसी पासवान, साधु राम। अमरदेव पासवान, जगमति राम, राजकेश्वर पासवान, धुरी राम, छठु राम, शर्मा गोसाई, वुनेल राम चयन भएका छन् ।
समाजमावदी मुक्ति संगठन मधेस प्रदेशका अध्यक्ष रामो महराको अध्यक्षतामा भएको भेलामा नेकपा (माओवादी केन्द्र) का सल्हकार एवम पूर्वजनसरकार प्रमुख रामाश्रय राम, समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश संघर्ष समितिका अध्यक्ष रामो महरा, नेपाल दलित संघ मधेश प्रदेश अध्यक्ष रामवरण पासवान,
नेपाल दलित मुक्ति मोर्चा मधेश प्रदेशका अध्यक्ष लवकुश बैठा, नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सचिव वृजलाल पासवान, मुक्ति समाज मधेश प्रदेशका अध्यक्ष पंचदेव खङ्ग, समाजिक अभियन्ता मनोज राम, भगत बहादुर सुनार, सुब्बाराम लगायतकाको उपस्थिति रहेको थियो ।